टोकियो,जापान। जापानमा जनसङ्ख्या घट्दै जाने गम्भीर समस्यालाई समाधान गर्न निजी क्षेत्रका विज्ञहरू सहभागी हुने नयाँ परिषद गठन हुने भएको छ। यो परिषद हालको जनसङ्ख्या रणनीति परिषद्को सट्टामा आउँदो अक्टोबर २७ मा सुरु गरिने योजना गरिएको छ।

नयाँ परिषद्‌ले वृद्ध जनसंख्या र घट्दो जन्मदरको समस्याबाट जुधिरहेको दक्षिण कोरियासँग समेत सहकार्य गर्दै, नीति सिफारिस, अध्ययन अनुसन्धान तथा साझा पहलमा काम गर्ने लक्ष्य लिएको छ।

यस परिषद्‌को स्थापना समारोहका अवसरमा टोकियोमा सोही दिन एउटा स्मारक सिम्पोजियम (चिन्तन गोष्ठी) आयोजना गरिनेछ।

यस परिषद्‌मा आर्थिक संगठनका प्रतिनिधिहरू, श्रमिक सङ्घहरू (जस्तै जापान ट्रेड यूनियन कन्फेडरेसन — रेन्गो), स्थानीय सरकारका अधिकारीहरू साथै युवा र महिलाहरूको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ।

यो समूहको सह-अध्यक्षको जिम्मेवारी निप्पोन स्टिल कम्पनीका मानार्थ अध्यक्ष आकीओ मिमुरा र पूर्व आन्तरिक मामिला तथा सञ्चार मन्त्री हिरोया मसुदा ले सम्हाल्ने अपेक्षा गरिएको छ।

हाल जापानमा जन्मदर अत्यन्तै घट्दै गएको छ। सन सन् २०२४ मा पहिलोपटक जन्म संख्या ७ लाखभन्दा तल पुगेको तथ्याङ्कले यो संकटलाई झनै स्पष्ट पारेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार