टोकियो,जापान। जापानमा हरेक पाँच वर्षमा एकपटक गरिने राष्ट्रिय जनगणना (国勢調査 – कोकुसेई चोसा) अहिले चलिरहेको छ। यो जनगणना जापानमा बसोबास गर्ने सबै मानिसहरूका लागि कानूनी रूपमा अनिवार्य मानिन्छ, चाहे उनीहरु जापानी नागरिक हुन् वा विदेशी । त्यसैले यहाँ बस्ने नेपाली समुदायले पनि यसमा अनिवार्य सहभागी हुनुपर्छ । जनगणामा सहभागी नभएको या झुटा विवरण दिएको पाईएमा ५ लाख येनसम्मको जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।
यस वर्षको जनगणनामा सरकारको प्राथमिकता अनलाइन सहभागितामा केन्द्रित छ । कागजी फारम पनि उपलब्ध भए तापनि, धेरैले इन्टरनेटमार्फत फारम भर्ने सुविधा सजिलो र छिटो भएको अनुभव गरेका छन् । केही मिनेटमै सबै प्रश्नहरू भर्न सकिन्छ, र कुनै लाइनमा बस्न वा पोस्ट पठाउनुपर्ने झन्झट पनि हुँदैन ।
जनगणना फारममा परिवारका सदस्य संख्या, उमेर, रोजगारी, बसोबासको अवस्था लगायतका सामान्य विवरण सोधिन्छ । यस्ता तथ्यांक जापान सरकारले सामाजिक, आर्थिक र जनसंख्या नीतिहरू बनाउँदा प्रयोग गर्ने गर्दछ ।
जापानमा बस्ने नेपाली समुदायका लागि पनि यो जनगणनामा सहभागिता जनाउने उत्तम अवसर हो । तपाईंले इन्टरनेटबाट सहजै फारम भर्न सक्नुहुन्छ । कुनै कार्यालय जानु पर्ने छैन ।
यदि तपाईंलाई जापानी भाषामा फारम बुझ्न कठिन भए पनि, स्थानीय प्रशासन वा नगरपालिकाले विदेशीहरूका लागि सहयोग व्यवस्था गरेको हुन्छ । त्यसैले ढिला नगरी अनलाइन जनगणनामा सहभागी हुन नबिर्सनुहोस् । यो तपाईंको पनि जापानप्रतिको योगदान हो । यसको लागि तोकिएको मिति यहि अक्टोबर ८ तारिख सकिनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




