टोकियो,जापान। टोकियोको यामानोते रेल लाइनले आफ्नो सेवा सञ्चालनको १००औँ वार्षिकोत्सव मनाउने तयारीका क्रममा, ईस्ट जापान रेलवे कम्पनीले अघिल्ला पुस्ताका रेल मोडेलहरूबाट प्रेरित नयाँ ‘रेट्रो डिजाइन’ भएका रेलहरू सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार, स्मारक स्वरूप सञ्चालनमा आएका यी दुई रेलहरूमा पुराना १०३ सिरिज र २०५ सिरिज रेलका डिजाइनहरू पुनः प्रयोग गरिएका छन् । यी रेलहरू आगामी नोभेम्बर ३ सम्म सञ्चालनमा रहने छन् ।
१०३ सिरिजको रेल हल्का हरियो रंगमा सन् १९६३ देखि १९८८ सम्म सञ्चालनमा थियो, भने २०५ सिरिज यामानोते लाइनको पहिलो स्टेनलेस स्टिल रेल हो, जसले सन् २००५ सम्म सेवा दिएको थियो। शनिबार दिउँसो करिब १२:३० बजे, १०३ सिरिजको रेल ओसाकी स्टेशनबाट प्रस्थान गर्दा धेरै रेलप्रेमीहरू उपस्थित थिए । त्यसपछि करिब १ बजे, २०५ सिरिजको रेल पनि त्यही स्टेशनबाट प्रस्थान गरियो ।
यामानोते लाइनको सुरुवात सन् १८८५ मा खुलेको सिनागावा–आकाबाने खण्डबाट भएको हो । त्यसपछि सन् १९२५ मा उएनो–टोकियो खण्ड पूरा भएपछि यो रेलमार्ग ३४.५ किलोमिटर लामो वृत्ताकार मार्ग बनेको थियो ।
हाल यामानोते लाइनमा ५० वटा रेलहरू सञ्चालनमा छन्, जसले व्यस्त समयमा हरेक ३ देखि ४ मिनेटको अन्तरालमा सेवा दिन्छन् । दैनिक करिब ९ लाख ७० हजारभन्दा बढी मानिस यो रेलमार्ग प्रयोग गर्छन् ।
यस रेलमार्गमा ३० वटा स्टेशनहरू रहेका छन्, जसमा टोकियो, उएनो, सिनागावा, सिबुया, सिन्जुकु, र इकेबुकुरो जस्ता प्रमुख स्टेशनहरू सामेल छन् । सम्पूर्ण वृत्ताकार यात्रा पूरा गर्न करिब एक घण्टा लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




