प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। पछिल्ला केही वर्षयता जापानको गैर-जापानी जनसंख्या तीव्रगतिमा बढ्दै गएको छ, र यो केवल आप्रवासनबाट मात्र होइन। नयाँ तथ्यांक अनुसार सन् २०२४ मा जापानमा जन्मिएका शिशुमध्ये ३ प्रतिशतभन्दा बढी गैर-जापानी थिए।

गत वर्ष जापानमा २० हजारभन्दा बढी गैर-जापानी शिशु जन्मिए, जुन संख्या र प्रतिशत दुवै इतिहासकै उच्च मानिन्छ। यो प्रतिशत राष्ट्रिय औसत भए पनि, टोकियो र अन्य ठूला सहरहरूमा यो दर अझै धेरै छ।

उक्त समयमा, टोकियोका २३ वार्डभित्रको ओता वार्डमा जन्मिएका बच्चामध्ये १०.२% गैर-जापानी थिए । यसका साथै काचिशिखा र एदोगावा वार्डमा पनि यो दर ८.६% थियो। यि दुबै दरहरु ऐतिहासिक उच्च हुन् । पछिल्लो एक अध्ययनका अनुसार जापानभर गैर जापानी शिसुहरुको जन्मदर उल्लेख्य बढेको छ।

समग्रमा हेर्दा, जापानमा गैरजापानी वा मिश्रित वंशका बालबालिकाको संख्या तीब्र गतिमा बढ्दैछ, र यसले भविष्यमा जापानी समाजको विविधता र संरचनामा ठूलो परिवर्तन ल्याउने संकेत दिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार