टोकियो,जापान। जापानमा हुर्कँदै गरेका बालबालिकाहरुबीच तिहारको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जा समाज जापानले १९ तारिख आईतबार सुगामो स्थित राईनो किचनको सभा हलमा “देउसी–भैलो कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ।

समाजका महासचिव सागर मणि न्यौपानेका अनुसार, नेपाली चाडपर्व तिहार (शुभ दीपावली) को मूल सांस्कृतिक अंश मानिने देउसी–भैलो परम्परालाई जापानमै जगेर्ना गर्ने र नयाँ पुस्तालाई यसको महत्व बुझाउने लक्ष्यसहित कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा परम्परागत देउसी–भैलो प्रस्तुतिसँगै सांस्कृतिक कार्यक्रम, शुभकामना आदान–प्रदान तथा समुदायबीच भेटघाटको अवसर पनि रहनेछ।
कार्यक्रम विवरण:
मिति: २०२५ अक्टोबर १९ (आइतबार)
समय: दिउँसो १७:०० बजेदेखि राति २१:०० बजेसम्म स्थान: RHINO KITCHEN,
4 Chome-22-4 Sugamo, Toshima City, Tokyo 170-0002


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार