प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। जापानमा अरू व्यक्तिको क्रेडिट कार्डको जानकारी प्रयोग गरी महँगो ट्रेडिङ कार्ड (ट्रेका) अवैध रूपमा खरिद गरेको आरोपमा एक २४ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनले क्रेडिट कार्डको सीमा स्वेच्छाले बढाएर करिब ५००० मान येन बराबरको वस्तुहरू अवैध रूपमा खरिद गरेको पाइएको छ।

पक्राउ परेका युवकको नाम नाकाजावा युराइ (२४ वर्ष) हो, जो तोचिगी सहर, ओमियाचो निवासी हुन्। टोकियो महानगर प्रहरीले जनाएको अनुसार, उनले यस वर्ष मार्च महिनामा अरूको क्रेडिट कार्ड प्रयोग गरी टोकियोस्थित एक ट्रेडिङ कार्ड बिक्री साइटबाट “प केट मोन्स्टर” कार्ड चार थान, करिब १६ लाख येन बराबरको खरिद गरेका थिए।

प्रहरीका अनुसार, उनले झूटा नाम प्रयोग गरी भर्चुअल अफिस सेवा मार्फत ठेगाना दर्ता गराएका थिए र खरिद गरिएका कार्डहरू त्यही ठेगानामा पठाउन लगाएर, पछि बिजनेस होटलमा ती कार्डहरू लिने गर्दथे। साथै, उनले कार्ड मालिकको जानकारीबिना नै फोन नम्बर र अन्य व्यक्तिगत विवरणहरू परिवर्तन गरी, कार्डको सीमा वृद्धि गर्ने कार्य पनि गरेका थिए।

नाकाजावाको घरबाट प्रहरीले करिब दुई सयभन्दा बढी उच्च मूल्यका ट्रेडिङ कार्डहरू बरामद गरेको छ। अनुसन्धानमा देखिएको छ कि उनले गत वर्ष मार्चदेखि निरन्तर यसरी अवैध रूपमा करिब पाँच करोड येन बराबरको सामान खरिद गरी, तीमध्ये केही कार्डहरू पुनः बिक्री गरेर नाफा पनि कमाएका थिए।

हाल प्रहरीले बरामद गरिएको कम्प्युटर र डिजिटल प्रमाणहरूको विश्लेषण गर्दै, उनले अरूको क्रेडिट कार्ड जानकारी कसरी प्राप्त गरे भन्ने पृष्ठभूमि पत्ता लगाउने प्रयास गरिरहेको छ।अनुसन्धानका क्रममा नाकाजावा मौन रहेको प्रहरीले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार