ह्योगो, जापान । जापानको ह्योगो प्रान्तको आमागासाकी स्टेशन नजिकको पार्कमा ईन्टरनेशनल सेवा स्कूल र सेवा सोसाइटीले संयुक्त रूपमा देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्। नेपाली मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको महत्व बुझाउने उद्देश्यका साथ गरिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू गरिएका थिए।
कार्यक्रममा नेपाली परम्परागत नृत्य र गीतहरू प्रस्तुत गरिए, जसले उपस्थित दर्शकलाई नेपालको पर्वमय वातावरणमा फर्काएको अनुभूति दिलायो। विद्यालयका अध्यक्ष प्रीतमले बताए अनुसार, अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएका उनीहरूले अब नेपाली चाड–पर्व र संस्कृति पनि शिक्षाको अङ्गका रूपमा समावेश गर्ने योजना बनाएका छन्।
उनका अनुसार, “हामीले नयाँ पुस्तालाई आफ्नै मौलिकता र संस्कृतिसँग जोड्नका लागि यस्तो कार्यक्रम आयोजना गरेका हौं। आगामी वर्षदेखि आमागासाकीमा नयाँ विद्यालय संचालनमा ल्याइनेछ, जसमा अंग्रेजीका साथै नेपाली विषय पनि पढाइनेछ।”
कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष दिलिप कडेल लगायत समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा जापानी विद्यार्थी तथा अभिभावकहरूले समेत नृत्य प्रस्तुत गरी सांस्कृतिक सद्भाव प्रकट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




