टोकियो,जापान। जापानमा पछिल्ला वर्षहरूमा लुकेका क्यामेरा प्रयोग गरेर बालबालिकामाथि यौन शोषण गर्ने घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्।
नागोया स्टेशनमा सन् २०२५ जनवरीमा भएको एक घटनाले यो विषय पुनः चर्चामा ल्याएको छ। त्यहाँका ३४ वर्षीया शिक्षकले १५ वर्षीया छात्राको ब्यागमा वीर्य लगाएको आरोपमा पक्राउ परे। सुरुवातीमा उनलाई “संपत्ति क्षति”को मामिलामा मुद्दा चलाइए पनि अनुसन्धान अघि बढ्दै जाँदा घटनाले भयावह रूप लियो।
उनको मोबाइलबाट विद्यालयकै बालबालिकाका तस्बिरहरू भेटिए । ति तस्बिरहरु शौचालय, पौडी पोखरी, जिम र लकर कोठामा लुकाइएका क्यामेराबाट खिचिएका थिए। ती तस्बिरहरू उनले अन्य शिक्षकहरूसँग बनेको अनलाइन समूहमा सेयर गर्दै आएको पनि प्रहरीले पत्ता लगायो। उक्त समूहमा करिब १० जना शिक्षक संलग्न रहेको बताइएको छ।
प्रहरीको तथ्यांकअनुसार जापानभर हिडन क्यामेरासँग सम्बन्धित अपराधका घटनामा तीव्र वृद्धि भएको छ। हाल वर्षमा ८ हजारभन्दा बढी पक्राउहरू भएका छन्, जुन अघिल्ला वर्षहरूमा ४ देखि ६ हजारबीच मात्र थियो।टेक्नोलोजीको तीव्र विकास र सामाजिक सञ्जालमा यस्ता सामग्री सजिलै सेयर गर्न सकिने वातावरणले अपराधीहरूलाई अझ प्रोत्साहित गरिरहेको विशेषज्ञहरूको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




