जापानलाई विश्वकै सबैभन्दा अनुशासित समाज मानिन्छ। यहाँको सार्वजनिक जीवनमा नियम, मर्यादा र शिष्टाचारको उच्च मूल्य छ। तर, यदि ती सामाजिक वा कानूनी अनुशासनहरू पालना नगरेमा के हुन सक्छ ? यो प्रश्न धेरै विदेशीहरूका लागि महत्त्वपूर्ण विषय हो।
जापानमा धेरै व्यवहारहरू “कानूनले होइन, संस्कृतिले नियन्त्रण गर्ने” किसिमका हुन्छन्। जस्तै -रेलमा ठूलो स्वरमा कुरा गर्नु, भीडमा धकेल्नु,बस तथा ट्रेनमा मोवाईल फोनमा कुरा गर्नु, पार्क वा सडकमा फोहोर फ्याँक्नु तथा सार्वजनिक स्थानमा धुम्रपान गर्नु।यी कार्यहरू कानूनी अपराध होइनन्, तर समाजमा अपमान, प्रहरीको चेतावनी र सामाजिक बहिष्कारको सामना गर्नुपर्ने हुन सक्छ।
जापानमा मानिसले “अरूलाई असजिलो पार्नु नै असभ्य व्यवहार” मान्छन्। त्यसैले, शिष्टाचार तोड्नु भनेको यहाँ सामाजिक प्रतिष्ठा गुमाउनु हो।
कानूनी सीमा पार्दा सजाय
याद गर्नुपर्ने कुरा यदि सार्वजनिक स्थानमा गरेको व्यवहारले अरूलाई असुरक्षा, हानी, वा अवरोध पुर्यायो भने कानूनी कारबाही हुन्छ। जस्तै – भीडमा हुलदंगा मच्चाउने, बाटो रोक्ने, कराउने, वा तोडफोड गर्ने कार्यहरू अनुशासन/वानी व्यहोराको कुरा मात्रै नभएर अपराधकारुपमा दर्ज हुनसक्छ। यस्तो अवस्थामा अधिकतम ३० दिनसम्मको जेल सजाय वा १० हजार येनसम्म जरिवाना या दुबै सजाय हुन सक्छ।
त्यस्तै, झगडा गर्ने वा अरूलाई चोट पुर्याउने जस्ता कार्यहरु ठूला अपराधिक घटनाको रुपमा दर्ज हुने गर्दछन् । जसको सजाय २ वर्षसम्म जेल वा ३ लाख येनसम्म जरिवाना हुनसक्छ।
यदि कसैले व्यवसाय वा सार्वजनिक सेवामा अवरोध पुर्यायो भने पनि ३ वर्षसम्म जेल वा ५० लाख येनसम्म जरिवाना हुनसक्छ।
यातायात र सार्वजनिक स्थानमा अनुशासन उल्लङ्घन
जापानको ट्रेन, बस र मेट्रोमा अनुशासन अत्यन्त कडा मानिन्छ।यदि यात्रुले ढोका बन्द गर्न तथा खोल्न रोके, भीडमा विवाद गरे वा नशामा हुलदंगा मच्चाए भने प्रहरीले अस्थायी हिरासतमा लिन सक्छ। सार्वजनिक स्थलमा अत्यधिक मदिरा सेवन गरी अरूलाई असजिलो बनाउने कार्यले पनि चेतावनी वा रातभर हिरासतमा राख्ने परिणाम ल्याउन सक्छ।
जापानमा अनुशासन नमान्दा सजाय मात्र होइन, सामाजिक विश्वास र प्रतिष्ठा पनि गुमाउनुपर्ने हुन्छ।त्यसैले, विदेशी नागरिकका लागि पनि जापानमा बसोबास गर्दा “कानूनी नियम संगसंगै सामाजिक अनुशासन”लाई गहिरो सम्मान गर्नुपर्छ।
जापानी समाजमा अनुशासनलाई दण्डको डरले होइन, “अरूलाई सम्मान गर्ने संस्कार”*का रूपमा पालन गरिन्छ । यही कारणले जापान विश्वका सबैभन्दा सभ्य र व्यवस्थित राष्ट्रमध्ये एक बनेको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




