टोकियो,जापान। विश्वप्रसिद्ध सुशी सेफ जिरो ओनोले १०० वर्षको जीवन यात्रा पूरा गरेका छन् तर अझै पनि उनी आफ्नो जीवनको सबैभन्दा ठूलो रहस्य ‘काम’ नै हो भनी विश्वास गर्छन्। सुशीकलाका जादुगरका रूपमा परिचित ओनोले लगातार एक दशकभन्दा बढी समयसम्म तीन मिचेलिन स्टार कायम राख्दै विश्वका सबैभन्दा ज्येष्ठ प्रमुख सेफको कीर्तिमान बनाएका छन्। १०० वर्ष उमेर पुगेका ओनोले भनेका छन्, “म अझै करिब पाँच वर्ष काम गर्न चाहन्छु।”
जापानको वृद्ध/वृद्धा सम्माम दिवसका अवसरमा उनलाई सम्मानसहित उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो। सोही अवसरमा टोकियोकी गभर्नर युरिको कोइकेले स्वास्थ्यको रहस्यबारे सोध्दा ओनोले मुस्कुराउँदै भने, “काम गर्नु नै मेरो औषधि हो।” उनले थपे, “अब म हरेक दिन रेस्टुरेन्ट पुग्न सक्दिनँ, तर जब सम्भव हुन्छ, म काम गर्छु। काम नै जीवन हो।”
टोकियोको गिन्जा क्षेत्रमा रहेको उनको सानो रेस्टुरेन्ट “सुकियाबासी जिरो” संसारका धेरै प्रतिष्ठित व्यक्तिहरूको रोजाइमा परेको छ। सन १९२५ मा जापानको हमामाचु सहरमा जन्मिएका ओनोले ७ वर्षको उमेरमै स्थानीय साना होलटमा सिकाइ सुरु गरेका थिए। उनले २५ वर्षको उमेरमा टोकियोमा सुशी सेफको रूपमा करिअर सुरु गरे र सन् १९६५ मा आफ्नै रेस्टुरेन्ट खोले। “पूर्णतामा कहिल्यै पुगिँदैन, त्यसतर्फ निरन्तर उकालो चढिरहनुपर्छ,” उनले सन् २०१२ मा रिलिज भएको विश्वप्रसिद्ध फिल्म “Jiro Dreams of Sushi” मा भनेका थिए।
चलचित्रका निर्देशक डेभिड गेल्बका अनुसार, ओनो सुरुमा गम्भीर र गहिरो व्यक्तित्वका रूपमा देखिए पनि उनको हास्य भावना र सरलता असाधारण छ। “उनी शिक्षकजस्ता लाग्थे, तर अत्यन्तै दयालु र रमाइला थिए,” गेल्बले भने।
सन् २०१४ मा ओनोले आफ्ना स्थायी ग्राहकलाई प्राथमिकता दिँदै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री शिन्जो आबेको लागि गरिएको बुकिङ सुरुवातमा अस्वीकार गरेका थिए। पछि ओबामा साँझको समयमा सुशी खान पुगेका थिए। ओनोका छोरा र हालका मुख्य सेफ योशिकाजु ओनोका अनुसार, “ओबामाले टुना सुशी चाख्दा मुस्कुराउँदै आँखा झिम्काएका थिए।”
उनको रेस्टुरेन्टले सन् २००७ मा पहिलो पटक तीन मिचेलिन स्टार प्राप्त गरेको थियो र सन् २०१९ सम्म त्यो प्रतिष्ठा कायम राख्यो। त्यसपछि उनलाई ९३ वर्ष र १२८ दिनको उमेरमा “तीन मिचेलिन स्टार प्राप्त गर्ने विश्वकै ज्येष्ठ सेफ” भनेर गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत गरिएको थियो। सन् २०२० पछि उनले केवल स्थायी ग्राहक र उच्च स्तरका होटलमार्फत बुकिङ लिन थालेपछि रेस्टुरेन्ट मिचेलिन गाइडबाट हटाइएको थियो।
हाल उनी केवल विशेष अतिथिहरूका लागि मात्र सुशी तयार गर्छन्। उनका छोरा भन्छन्, “बुबाले जापानका सबैभन्दा वृद्ध पुरुषको निधन (११३ वर्षमा) को समाचार हेरेर भनेका थिए— म पनि ११४ वर्षसम्म पुग्ने प्रयास गर्छु।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




