टोकियो,जापान। पूर्वी जापान रेलवेज (जेआर ईस्ट – JR East) ले टोकियोको प्रसिद्ध यामानोते लूप लाइन रेलमार्ग सञ्चालनको सयौं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। राजधानीको केन्द्रीय भागलाई समेट्ने ३४.५ किलोमिटर लामो यो रेलमार्ग सन् १९२५ मा पूर्णमा बनेको थियो।

इकेबुकुरो स्टेशनबाट रेट्रो डिजाइनको रेल चलाउँदै गरिएको कार्यक्रममा बालबालिकादेखि अभिभावकसम्म सहभागी भएका थिए। यात्रुहरूले पुरानो डिजाइनको रेलले पुराना सम्झना ताजा बनाएको प्रतिक्रिया दिएका छन्।

सन् २०२० मा ताकानावा गेटवे स्टेशन थपिएपछि यामानोते लाइनका स्टेशनहरूको संख्या ३० पुगेको छ। दिनहुँ लाखौं मानिसहरू बोकेर चल्ने यो रेल अझै पनि टोकियोको मुख्य सार्वजनिक यातायात बनेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार