टोकियो। गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जापानका तीन प्रमुख सहर ओसाका, नागोया र टोकियोमा सांगीतिक कार्यक्रम गर्ने भएको छ। संस्थाले सामाजिक सेवा, एकता र समुदायमाझ आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै हरेक वर्ष जस्तै यस वर्ष पनि सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित आगामी २०२५ डिसेम्बर ३१ मा ओसाका, २०२६ जनवरी १ मा नागोया, र २०२६ जनवरी २ मा टोकियोमा ‘सांगीतिक श्रृंखला २०२६’ आयोजना हुने अध्यक्ष रत्नसिङ बस्नेतले जानकारी दिएका छन्।
स्टोन्यताको एक वर्षे अभियान र सामाजिक योगदानलाई निरन्तरता दिने आफ्नो मूल उद्देश्यसहित संस्थाले जापानमा मात्र होइन, नेपालका विभिन्न जिल्लामा सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। जापानमा सक्रिय सामाजिक संस्थाहरूमध्ये अग्रस्थानमा पर्ने गल्कोट समाज जापानले समुदायको विश्वास र पहिचान स्थापित गर्दै २० वर्षे सामाजिक यात्रामा निरन्तर सेवा र सहयोगप्रति समर्पण कायम राखेको छ।
कार्यक्रमको तयारीका लागि मुख्य संयोजक दिलबहादुर थापा (रामु), उप–संयोजक डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलिप कंडेल, तथा क्षेत्रीय संयोजकहरूमा टोकियोका लक्ष्मण कार्की, नागोयाका राम थापा (काजी) र ओसाकाका नारायण थापा रहने गरी कार्यविभाजन गरिएको महासचिव दिलीप कंडेलले बताए।
गत वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमबाट संकलित रकम शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गरिने आर्थिक संयोजक तथा कोषाध्यक्ष महेन्द्र साहानीले बताएका छन्। यो कार्यक्रम केवल मनोरञ्जनकै लागि नभई जन्मभूमिको उज्यालो भविष्य र दीर्घकालीन सामुदायिक लगानी भन्ने विश्वासका साथ अघि बढाइएको आयोजक समितिको भनाइ छ।
संस्थाका प्रवक्ता सन्तोष पुनले जापानभरका नेपाली तथा संघ–संस्था, क्लब, क्षेत्रीय समाज र विभिन्न संगठनलाई कार्यक्रम नजुधाइ सहयोग गर्न, साथै ओसाका, नागोया वा टोकियोमा उपलब्ध स्थलअनुसार आर्थिक, नैतिक तथा भौतिक समर्थनसहित उपस्थित भएर साथ दिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




