टोकियो/जापान । जापानभर ब्ल्याक फ्राइडे क्याम्पेनले बजार तातेको छ। खुद्रा व्यापारहरूले शुक्रबार हुने मुख्य सेलअघि नै आकर्षक छुट प्रस्ताव गर्दै ग्राहकहरूको ध्यान तानिरहेका छन्। पछिल्लो समय मूल्यवृद्धि (मुद्रास्फीति) बढेसँगै बचतमुखी बनेका उपभोक्ताहरू विशेषगरी सस्तो र आवश्यक वस्तुमा केन्द्रित छन्।
टोकियोस्थित प्रमुख सुपरमार्केट सञ्चालनकर्ता इतो–योकादोले ताजा खाद्य सामग्रीसहित केही वस्तुहरूलाई ९६ येन र ९६० येन (कर बाहेक) मा बिक्रीमा राखेको छ। जापानी उच्चारणमा ९६ लाई ‘कुरो’ (अर्थ– ब्ल्याक) भन्ने अर्थमा जोडेर कम्पनीले ब्ल्याक फ्राइडे सेललाई रमाइलो प्रचार शैलीमा अघि बढाएको छ।
यसअघि कम्पनीले ‘रेड प्राइस डे’ नामक क्याम्पेन चलाउँदै रातो प्याकेजका दूध, केचप र अन्य वस्तुहरू तीन दिनसम्म छुटमा उपलब्ध गराएको थियो। यो मुख्य ब्ल्याक फ्राइडे सेलको पूर्व तयारीका रूपमा हेरिएको छ।
युवा ग्राहक लक्षित गर्दै इतो–योकादो ले विश्वव्यापी स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्ससँग सहकार्य पनि गरेको छ। यसअन्तर्गत चलचित्र हेर्दा खाने स्न्याक्स र अन्य वस्तु विशेष छुटमा उपलब्ध गराइएको छ।
यस्तै, ख्यातिप्राप्त खुद्रा समूह इओन रिटेलले बिहीबारदेखि करिब २ हजारभन्दा बढी वस्तुहरूमा छुट घोषणा गरेको छ। कम्पनीका अनुसार यस वर्ष आधा मूल्य (५०%) मा बिक्री हुने वस्तुहरूको संख्या गत वर्षको तुलनामा २.५ गुणा बढेको छ। छुट सूटदेखि लिएर बेडिङसम्मका सामग्रीमा लागू छ।
अनलाइन बजारमा समेत प्रतिस्पर्धा तीव्र छ। अमेरिकन ई–कमर्स कम्पनी अमेजन जापानले गत हप्तादेखि ३ मिलियनभन्दा बढी वस्तुहरूमा ब्ल्याक फ्राइडे छुट लागू गरेको छ। दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, खानादेखि गृहसामग्रीसम्मका सामान समावेश छन्। यो वर्ष अमेजनले क्याम्पिङ गियर र क्याम्पिङ भौचर समावेश गरिएको “एक्सपीरियन्स प्याकेज” पनि बजारमा ल्याएको छ, जसले नयाँ ग्राहक समूहमाथि बढी प्रभाव पारेको देखिन्छ।
जापानमा ब्ल्याक फ्राइडे क्याम्पेन पछिल्ला केही वर्षयता लोकप्रिय बन्दै गएको छ। बढ्दो मूल्यवृद्धिका कारण यसपटक ग्राहकहरूको सहभागिता अझ बढ्ने अनुमान खुद्रा क्षेत्रले गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




