
टोकियो ,जापान। जापानमा सुत्केरी बिदा लिने सरकारी कर्मचारीहरूको दर हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्रिय जनशक्ति प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, आर्थिक वर्ष सन २०२४ मा सुत्केरी बिदाको अधिकार भएका सरकारी कर्मचारीमध्ये ८५.९ प्रतिशतले बिदा लिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बिन्दुले वृद्धि भएको हो।
यस मध्ये, एक महिनाभन्दा बढी अवधि सुत्केरी वा बाल-हेरचाह बिदा लिने कर्मचारीको हिस्सा पहिलोपटक ५० प्रतिशत नाघेर ५१.४ प्रतिशत पुगेको छ। यो तथ्यांक पूर्ण-समय कार्यरत राष्ट्रिय सरकारी कर्मचारीहरूमा आधारित छ।
जनशक्ति प्राधिकरणका अधिकारीका अनुसार, “कार्यालयमा बाल-हेरचाह बिदाबारे जागरूकता बढेको छ, जसका कारण पुरुष कर्मचारीहरूले लामो समयको बिदा लिन थालेका छन्।”
प्रकाशित तथ्यांकअनुसार, पुरुष कर्मचारीहरूको औसत बाल-हेरचाह बिदाको अवधि २.६ महिना रहेको छ भने महिला कर्मचारीहरूको अवधि १६.४ महिना छ।
बिदाको अवधि हेर्दा, पुरुषहरूका लागि सबैभन्दा सामान्य अवधि दुई हप्ता देखि एक महिना रहने देखिएको छ, जसको हिस्सा ४०.९ प्रतिशत छ। यो संख्या अघिल्लो वर्षभन्दा ५.४ प्रतिशत बिन्दुले कम हो। त्यसपछि एक महिनाभन्दा बढी तर तीन महिनाभन्दा कम बिदा लिनेहरूको हिस्सा २८.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३ प्रतिशत बिन्दुले वृद्धि भएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




