टोकियो,जापान। विदेशीहरूका लागि जापानी भाषा व्यक्तृत्व प्रतियोगिता(外国人日本語弁論大会)मा नेपाली युवा अमित केसीले पहिलो स्थान हासिल गर्दै जापानको परराष्ट्र मन्त्री पुरस्कार प्राप्त गरेका छन्। जापानी भाषा, मौलिक अभिव्यक्ति र प्रस्तुति क्षमतामा उनि सबै फाइनलिस्टमध्ये सर्वश्रेष्ठ ठहरिदै यो सफलता हात पारेका हुन् ।

सन् १९६० मा सुरू भएको यो प्रतिष्ठित प्रतियोगिताको ६४औँ संस्करण टोकियो नजिकैको आकिशिमा सहरको फोस्टर हलमा यहि डिसेम्बर ६ तारिक भव्य रूपमा सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन केन्द्र (国際教育振興会 -International Education Center – IEC-Nichibei) द्वारा आयोजित यो प्रतियोगिता जापानमा विदेशीहरूका लागि सबैभन्दा पुरानो र सम्मानित वक्तृत्व प्रतियोगिता मध्येको एक मानिन्छ।
यसपटक प्रतियोगितामा १७४ जनाभन्दा बढी विदेशी वक्ताहरूले आवेदन दिएका थिए। तीमध्येबाट छनोट भएका १२ जना उत्कृष्ट फाइनलिस्टले अन्तिम चरणमा आफ्नो भाषण प्रस्तुत गरेका थिए। फाइनलिस्टहरू अमेरिका, फ्रान्स, युक्रेन, चीन, कोरिया लगायतका मुलुकबाट थिए, भने नेपालबाट अमित केसी सहभागी भएका थिए।
प्रतियोगितामा प्रथम हुनेले परराष्ट्रमन्त्री पुरस्कार(外務大臣賞),दोस्रो हुनेले शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्री पुरस्कार(文部科学大臣賞 ) र तेस्रो हुनेले, आकिशिमा मेयर पुरस्कार(昭島市長賞) प्राप्त गरेका थिए।
जज प्यानलमा आकिशिमा सिटीका मेयर,जापानको शिक्षा मन्त्रालयका प्रतिनिधि, जापानको परराष्ट्र मन्त्रालयका अधिकारी, तथा जेलपिटी(JLPT)आयोजक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमको विशेष आकर्षणको रुपमा जापानी शाही परिवारकी सदस्य राजकुमारी हिसाको ताकामादोको सम्माननीय उपस्थिति रहेको थियो। जापानमा शाहि परिवारको सहभागिता हुने यस प्रकारको कार्यक्रमलाई निकै महत्वपूर्ण कार्यक्रमकोरुपमा हेरिन् गरिन्छ। उक्त अवसरमा करीब ३०० भन्दा बढी दर्शकहरू उपस्थित रहेर प्रतिस्पर्धीहरूको प्रस्तुति सुनेका थिए।
यस पटकको यस प्रतियोगितामा, नेपालका अमित केसीले पहिलो पुरस्कार (外務大臣賞) प्राप्त गरेका थिए भने,फ्रान्सका प्रतिनिधिले दोस्रो पुरस्कार तथा चीनका सहभागिले तेस्रो पुरस्कार प्राप्त गरेका थिए।
यस प्रतियोगिताले विश्वभरका जापानी भाषा सिक्ने प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्दै सांस्कृतिक मैत्री, अन्तर्राष्ट्रिय समझदारी र शिक्षण आदान–प्रदानलाई बलियो बनाउँदै आएको आयोजक संस्थाले जनाएको छ।
यस अघि यहि संस्थाद्वारा आयोजित ४७ औँ प्रतियोगितामा पनि नेपाली नागरिक प्रथम हुन सफल भएको रेकर्ड भेटिएको छ। सन २००६ को मे २७ तारिख आयोजना भएको प्रतियोगितामा १२० जना वक्ताहरुले आवेदन दिएका थिए भने यस पटक जस्तै उत्कृष्ट १२ जना विच अन्तिम प्रतिष्पर्धा भएको थियो। त्यस समय नेपाली युवती ललित माया महत प्रथम हुन सफल भएकी थिइन। यस सम्बन्धी जानकारी त्यस समय प्रतियोगिता आयोजना भएको सिमोनोसेकी नगरको वेवसाईटमा भेट्न सकिन्छ।
को हुन् त अमित केसी ?
अमित सन २०१७ मा विद्यार्थीकोरुपमा जापान आएका नेपाली युवा हुन् । पुर्ख्यौली मुल थलो धादिङ भएका अमितको जन्म तथा हुर्काई काठमाडौँमै भएको थियो। जापानमा जापानी भाषा स्कुल तथा भोकेश्नल स्कुलको अध्ययन सक्काएर हाल उनि जापानमै रोजगार छन् । जापानमा जापानी भाषा स्कुल अध्यायनकै समयदेखि विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएका अमितले सन २०१८ मा नेपाकेन तथा नेसाजद्वारा आयोजित वक्तृत्व प्रतियोगिताका साथै आफ्नै भाषा स्कुल एवं भोकेश्नल स्कुलका जापानी भाषा प्रतियोगिता संगै अन्तर्राष्ट्रीय अंग्रेजी वक्तृत्व प्रतियोगिताहरुमा सहभागि तथा पुरस्कृत हुँदै आएका थिए। यस अघि उनले विदेशी लक्षित जापानको ओदावारामा आयोजित जापानी भाषा वक्तृत्व प्रतियोगितामा गभर्नर पुरस्कार प्राप्त गर्न सफल भएका थिए । अमित पछिल्लो समय जापानको एक टेलिभिजन शो – सुकाचु सर्भाईवलमा सहभागि भइ,त्यहाँका जजहरुसंगै आम दर्शकहरुबाट समेत प्रशंसित भएका थिए।
प्रतियोगिता आयोजक संस्था के हो त ?
(国際教育振興会 -International Education Center – IEC-Nichibei) सन् १९४७ मा स्थापना भएको जापानको एक गैर–नाफामुखी शैक्षिक संस्था (一般財団法人) हो, जसको उद्देश्य जापान र विश्व समुदायबीच अन्तर्राष्ट्रिय शैक्षिक आदान-प्रदान , भाषा–शिक्षा, र अन्तर–संस्कृतिक समझदारीलाई सुदृढ बनाउनु हो। आईइसीले अंग्रेजी तथा जापानी भाषा शिक्षामा अग्रणी भूमिका खेल्दै Nichibei Kaiwa Gakuin (日米会話学院) तथा Nichibei Japanese Language Institute – JLI (日米会話学院日本語研修所) जस्ता प्रतिष्ठित शिक्षण संस्थाहरू सञ्चालन गर्छ। साथै, जापान र अमेरिकाबीच विद्यार्थी आदान–प्रदान बढाउने Japan-America Student Conference (JASC) तथा विदेशीहरूको लागि Japanese Speech Contest जस्ता कार्यक्रमहरूमार्फत अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक आदान–प्रदान र ग्लोबल नेतृत्व विकासमा योगदान पुर्याइरहेको छ। टोकियोको शिन्जुकुस्थित मुख्य कार्यालयबाट सञ्चालित IEC-Nichibei ले शिक्षा, भाषा र संस्कृति मार्फत जापान तथा विश्वबीच सहकार्य, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




