टोकियो,जापान। हाल जापानलाई कर्मथलो बनाउँदै आएका प्रतिभाशाली सर्जक राजकुमार बनियाको नयाँ गीत ‘एउटा फोटो’ सार्वजनिक भएको छ। विदेशमा रहेर पनि नेपाली गीत–संगीतप्रति, बानियाँको माया र लगाव निरन्तर रहँदै आएको यो गीतमार्फत फेरि एकपटक देखिएको छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय सिर्जना दिइसकेका बनिया शब्द सिर्जना, संगीत तथा गायन—तीनै पक्षमा सक्रिय सर्जकका रूपमा परिचित छन्। आफ्नै शब्दमा सिर्जना गरिएका र मधुर स्वरमा गाइएका उनका गीतहरू श्रोता–दर्शकबीच रुचाइँदै आएका छन्।

नयाँ गीत ‘एउटा फोटो’ मा राजकुमार बनिया र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत सुरेश बनिया र राजकुमार बनियाले तयार पारेका हुन् भने संगीत संयोजन कृष्ण शताब्दीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिस्ट गोविन्द अनेक रहेका छन् भने भोकल एडिट कमल मगरले गरेका छन्। गीतको अडियो तथा भिडियो जलेश्वरि म्युजिक प्रा.लि. मार्फत सार्वजनिक गरिएको हो।

भिडियोतर्फ, निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् भने सहायक निर्देशक बिनिशा सेवा रहेकी छन्। भिडियोमा सुरेश कोहली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। ‘एउटा फोटो’ गीतले फोटो केवल दृश्य मात्र नभई सम्झना, समय र जीवनका अमिट पलहरूको प्रमाण हुने भावलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार