टोकियो,जापान। राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। हालै सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शनिवार औपचारिक रूपमा शपथ ग्रहण गरेको हो।

प्रवास नेपाली सम्पर्क विभाग जापान चुबु शाखाका संयोजक विकास लम्सालका अनुसार, कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उप–संयोजक अर्जुन अधिकारीले शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सन २०२५ -२७ कार्यकालका लागि निर्वाचित प्रवास नेपाली सम्पर्क विभाग जापान राष्ट्रिय समितिको प्रमुखमा दिपक कार्की निर्वाचित हुनुभएको छ भने उप प्रमुखमा भोजेन्द्र सुवेदी चयन हुनुभएको छ। सचिवको जिम्मेवारी कविकिरण न्यौपानेले पाउनुभएको छ भने सहसचिवमा फणिन्द्र सुवेदी रहनुभएको छ। कोषाध्यक्षको रूपमा भेषनाथ गौतम (कृष्ण) चयन हुनुभएको छ।

यसैगरी सदस्यहरूमा चतुर्भुज सापकोटा,
भेषराज गौतम, प्रकाश खतिवडा, कमला काप्री, अरमान गुरुङ, सरोज पौडेल, रूपेन्द्र ओली (रविन), श्री कान्त घिमिरे, सुरेश केसी, इश्वरी अर्याल, यम भुषाल, शिव अधिकारी र कविर ताम्राकार रहनुभएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार