टोकियो । विभिन्न पेशा व्यवसायमा आवद्ध भइ जापानमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पा समाज जापान ले अंग्रेजी नयाँ वर्ष सन २०२६ को अवसर पारेर पाल्पाली सांस्कृतिक उत्सव–२०२६ आयोजना गर्ने भएको छ।

यही डिसेम्बर २८ तारिख, आइतबार, टोकियोको शिन–ओकुबोस्थित बारकाडे गुड टाईम्समा कार्यक्रम हुने जनाइएको छ। कार्यक्रम संयोजक बिश्बबन्धु भण्डारीका अनुसार कार्यक्रममा जापानलाई कर्मथलो बनाउँदै आएका तथा परदेशी गायकका रूपमा परिचित सुर्य खड्का, चर्चित गायक चेतन घर्तिमगर, पाल्पाली चेली तथा चर्चित गायिका रचना राना मगर र गायक यु्निश अधिकारी को विशेष प्रस्तुति रहने छ।

सन् २०१६ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा क्रियाशील रहँदै आएको समाजले विगतका वर्षहरूझैँ यस वर्ष पनि नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको हो। साथै, सोही दिन पाल्पाली परिकारका रूपमा परिचित रहेको पाल्पाली चुकौनीको स्वाद उपस्थित सबैलाई चखाउने तयारी भइरहेको समाजका अध्यक्ष वबिन राना ले जानकारी दिए ।

कार्यक्रमले जापानमा रहेका पाल्पाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकको रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार