टोकियो,जापान। बागलुङ जिल्लाको गल्कोट नगरपालिका–४ चमुवालाई मूल थलो मानी जापानलाई कर्मथलो बनाउँदै आएका नेपालीहरूको साझा संस्था निलुवा समाज जापानको छैठौँ अधिवेशन तथा बाह्रौँ साधारण सभा आगामी डिसेम्बर ३१ तारिख टोकियोमा आयोजना हुने भएको छ।

‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापानको अधिवेशन टोकियोको एसिया डाईनिङ एण्ड बारमा डिसेम्बर ३१ तारिख साँझ ५ बजेदेखि सुरु हुने जनाइएको छ।

गल्कोट नगरपालिका–४ चमुवाबाट जापान आएका र यहाँ विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न व्यक्तिहरूको साझा संस्थाका रूपमा परिचित निलुवा समाज जापानले स्थापना कालदेखि नै सामाजिक सेवा, सहयोग र विकाससम्बन्धी विविध गतिविधि गर्दै आएको छ।

समाजको छैठौँ अधिवेशन सम्पन्न गर्न आवश्यक जिम्मेवारी बाँडफाँडसहित तयारी तीव्र रूपमा अघि बढिरहेको र अधिवेशनबाट आगामी कार्यकाल सन २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरिने अध्यक्ष मोहन सुबेदीले जानकारी दिए। अध्यक्ष सुवेदीका अनुसार संस्थाका संरक्षक भोजिन्द्र सुबेदीको संयोजकत्वमा थम ब. सुबेदी क्षेत्री र दिपक सिबेदी ‘विप्लब’ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ भने वर्तमान कार्यसमिति नै मूल आयोजक समितिका रूपमा क्रियाशील रहेको छ।

नयाँ कार्यसमिति चयन गर्दा सबैको अपनत्व हुने, सामाजिक क्षेत्रको मर्म र भावनालाई आत्मसात् गर्ने तथा संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयनका लागि आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक भोजिन्द्र सुबेदीले बताउनुभयो।

अधिवेशन हुने स्थान Asian dining bar jeevanमा 〒131-0033 Tokyo, Sumida City, Mukojima, 5 Chome−50−13 小西荘 03 -36167322।

गल्कोट नगरपालिका–४ चमुवा, बागलुङबाट जापानलाई कर्मथलो बनाउनु भएका सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन समाजले अनुरोध गरेको सल्लाहकार समिति सदस्य तथा कार्यक्रम स्थल व्यवस्थापक विष्णु प्रसाद सुबेदीले जानकारी दिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार