टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सन् २०२६ का लागि हुने वार्षिक तलब वार्तामा मुद्रास्फीतिभन्दा माथि पर्ने गरी तलब वृद्धि गर्न जापानी उद्योग- व्यवसाय क्षेत्रलाई आग्रह गरेकी छन्।
बिहीबार जापानको सबैभन्दा प्रभावशाली उद्योग–व्यवसाय संगठन केइदानरेन (जापान बिजनेस फेडेरेसन) ले आयोजना गरेको बैठकमा बोल्दै प्रधानमन्त्री ताकाइचीले बढ्दो मूल्यवृद्धिले आधारभूत तलबलाई नउछिन्ने खालका तलब वृद्धि आवश्यक रहेको बताइन्। उनले सरकार “जिम्मेवार तर आक्रामक” वित्तीय नीतिमार्फत आर्थिक वृद्धि प्रोत्साहित गर्न लागिरहेको स्पष्ट पारिन्।
अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले कर नबढाई सरकारी आम्दानी वृद्धि गर्दै उपभोग सुधार गर्ने लक्ष्य लिएको उल्लेख गरिन्। पछिल्लो समय मूल्यवृद्धि वास्तविक तलब वृद्धिभन्दा छिटो बढिरहेको अवस्थामा उपभोक्ता खर्चलाई मजबुत बनाउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।
कार्यक्रममा केइदानरेनका अध्यक्ष योशिनोबु चुचुबुले संगठनका सदस्य कम्पनीहरूले तलब वृद्धिको सकारात्मक गति अझ सुदृढ बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
जापानमा व्यवस्थापन पक्ष र श्रमिक युनियनबीच हुने वार्षिक ‘शुन्तो’ तलब वार्ता आगामी वर्षको सुरुवातमै सुरु हुने तयारी छ। देशका धेरै ठूला कम्पनीहरूले मार्च महिनामा आफ्नो आर्थिक वर्षको हिसाब–किताब बन्द गर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




