
जापानमा,मैले बिताएको एक दशकभन्दा बढी समयको अनुभवमा, नयाँ वर्षको पूर्वसन्ध्यामा देखिने एउटा विशेष परम्परा हो – तोसिगोसी सोबा। हरेक वर्ष डिसेम्बर ३१ को साँझ जब वर्ष बित्ने तर्खरमा हुन्छ , जापानी समाज शान्त, संयमित अनि गहिरो भावनात्मक वातावरणमा प्रवेश गर्छ । यही समयमा जापानीहरुले परिवारसंगै रेहर सोबा खान्छन्, जसलाई तोसिगोसी सोबा भनिन्छ।
सामान्यतः सोबा अरु समयको पनि लोकप्रिय परिकार मध्ये एक हो तर,तोसिगोसी सोबा केवल खानाका रूपमा सीमित छैन । यो आत्मचिन्तन र नयाँ सुरुवातको प्रतीक हो। सोबा लामो र पातलो हुन्छ । यसले जीवन दीर्घ र स्वास्थ्य जिवनको प्रतीककी साथै आगामी वर्ष सकारात्मक र सहज रहोस् भन्ने कामना बोकेको हुन्छ। साथै, सोबा सजिलै टुट्ने भएकाले बितेको वर्षका दुःख, पीडा, असफलता र नकारात्मकता यही वर्षमै टुटून्, नयाँ वर्षमा संगै नजाउन् भन्ने भाव पनि यसमा समेटिएको हुन्छ।
मैले जापानी परिवारहरूसँग बसेर नयाँ वर्ष मनाउँदा देखेको कुरा के हो भने, तोसिगोसी सोबा खाने समय निकै शान्त र मर्यादित हुन्छ । ठूलो भोज हुँदैन, हल्ला हुँदैन । सादा सोबा, कहिलेकाहीँ झिँगे माछा (एबी) तेन्पुरा, हरियो प्याज र तातो सुप -बस् त्यत्तिकै । तर त्यस सादगीभित्र परम्परा र पुस्तान्तरणको गहिरो दर्शन लुकेको हुन्छ।
मेरो व्यक्तिगत विचारमा, यो परम्पराबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ । वर्षको अन्त्यमा केहि क्षण धैर्य गरेर, बितेको समयलाई फर्केर हेर्ने, गल्ती तथा कमि कमजोरीहरु स्वीकार गर्ने र नयाँ वर्षलाई खुसी मन लिएर स्वागत गर्ने संस्कार अत्यन्तै सकारात्मक लाग्छ। नेपाली समाजमा पनि नयाँ वर्ष वा चाडपर्वमा यस्ता आत्ममूल्याङ्कनका क्षण थपिन सके, सायद जीवन अझ सन्तुलित र अर्थपूर्ण हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




