टोकियो,जापान। बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा सम्पन्न भएको छ। डिसेम्बर ३१ तारिख,टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।
समाजका अध्यक्ष दीपक कँडेलको अध्यक्षतामा सम्पन्न,अधिवेशनमा संस्थाको प्रगती प्रतिवेदन तथा आर्थिक परिवेदन पेश तथा अनुमोदन पनि गरिएको थियो। प्रस्तुत प्रतिवेदनका अनुसार थुप्रै संस्थागत सकारात्मक कार्य सम्पन्न गरेको २ वर्षे कार्यकालमा २ करोड ८६ लाख ७० हजार ४ सय ८ येन कुल आम्दानी गरि,१ करोड ९३ लाख ८ हजार ७ सय खर्च गरिएको थियो भने, ९३ लाख ६१ हजार ८ सय ९ येन बचत भएको थियो। कान्तो क्षेत्रीय समितिलाई ६ लाख ४ हजार ५ सय ११ येन प्रदान गरि ८७ लाख ५७ हजार २ सय ९७ येन कुल बचत भएको छ।
आगामी कार्यकालका लागि टिकाराम कडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिता चयन गरिएको छ। कार्यसमितिको अध्यक्षमा टिकाराम कडेल,उपाध्यक्ष त्रयमा घन्श्याम कडेल (अर्जुन), प्रेम प्रसाद कडेल, नारायण प्रसाद कडेल, महासचिवमा बल बहादुर कडेल छेत्री,सचिवमा अर्जुन कडेल (पुष्प), राजेन्द्र कडेल, कोषाध्यक्षमा खिमा नन्द कडेल,सह–कोषाध्यक्षमा आनन्द प्रसाद कडेल,सदस्य: मुना कडेल, जुना कडेल, तिलक कडेल चयन भएका छन् ।
नव–निर्वाचित कार्यसमितिले आपसी सहकार्य, पारदर्शिता र सक्रिय सहभागितामार्फत समाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। जापानमा रहेका बिहुँकोटवासीहरूबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




