
टोकियो,जापान। नयाँ वर्षको पहिलो दिन (जनवरी १) टोकियो महानगर क्षेत्रमा मोची (चामलबाट बनाइने परिकार) घाँटीमा अड्किँदा ४ जनालाई आपतकालीन रूपमा अस्पताल लगिएको छ। तीमध्ये ८० वर्ष उमेरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको टोकियो अग्नि तथा विपद् व्यवस्थापन विभागले जनाएको छ।
टोकियो अग्नि विभागका अनुसार जनवरी १ को बिहान करिब १ बजेतिर मिनातो वार्डस्थित आफ्नै घरमा बसिरहेकी ८० वर्षीया महिलाले दाइफुकु (मोचीको परिकार) खाँदा घाँटीमा अड्किएपछि परिवारले आपतकालीन फोन गरेका थिए। महिलालाई तत्काल अस्पताल लगिए पनि पछि मृत्यु भएको पुष्टि गरिएको हो।
यसैबीच, टोकियोका विभिन्न स्थानमा ८० देखि ९० वर्ष उमेर समूहका ३ जना पुरुषलाई पनि मोची घाँटीमा अड्किँदा बेहोस अवस्थामा अस्पताल पुर्याइएको छ। उनीहरू सबै हालसम्म अचेत अवस्थामा उपचाररत छन्।
टोकियो अग्नि विभागले विशेषगरी वृद्धवृद्धा र बालबालिकाले मोची खाँदा सानो टुक्रा पारेर, राम्ररी चपाएर मात्र खान आग्रह गरेको छ। साथै, मोची घाँटीमा अड्किएको अवस्थामा व्यक्ति होसमा भए छाती वा चिउँडो समातेर अगाडि झुकाइ, ढाडमा थिचेर वा थप्काएर बाहिर निकाल्ने प्रयास गर्नुपर्ने जनाएको छ।
यदि व्यक्ति बेहोस भइसकेको अवस्थामा छ भने ढिलाइ नगरी सीपीआर सुरु गरी तुरुन्तै एम्बुलेन्स बोलाउन विभागले अनुरोध गरेको छ।
जापानमा नयाँ वर्षको समयमा मोची खाने चलन व्यापक भएकाले हरेक वर्ष यस्ता दुर्घटना दोहोरिने गरेका छन्। त्यसैले मोची सेवन गर्दा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




