टोकियो, जापान। लि:ल फङ (घले समाज) जापानले ९ औँ ल्होसर साँझ २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। संस्थाका अनुसार कार्यक्रम जनवरी १८ तारिखका दिन बेलुका ६:०० बजे देखि ११:३० बजे सम्म टोकियोको शिनोकोबुस्थित रोयल गार्डेन रेस्टुरेन्ट मा हुनेछ।

कार्यक्रममा गुरुङ समुदायसहित विभिन्न समुदायको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। विशेष आकर्षणका रूपमा मेरो भ्वाइस युनिभर्स (सिजन २) का विजेता प्रथम गुरुङको प्रस्तुति रहने आयोजकले जनाएको छ। ल्होसरको मौलिकता, संस्कृति र एकताका भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

लि:ल फङ (घले समाज) जापानका अनुसार प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि कृष्ण घले (०८०–४००६–७६००), अरुण घले (०७०–१३६९–५१९०), मनोज घले (०८०–२००३–९२९४) तथा मिन घले (०८०–३३११–१८८६) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार