नारिता, चिबा। टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलले टर्मिनलमा यात्रुहरूले छाडेर जाने सुटकेसको समस्या कम गर्न कपडा कम्प्रेस (सानो बनाउने) गर्ने मेसिनको परीक्षण सञ्चालन गरेको छ। नारिता इन्टरनेशनल एयरपोर्ट कर्पोरेसन (एनएए) ले यो पहल यात्रुहरूको सुविधा बढाउन र पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको छाडिएका सुटकेसको समस्यालाई सम्बोधन गर्न थालेको जनाएको छ।
एनएएका अनुसार, आगामी दिनमा शुल्कसहित यो मेसिन परीक्षण गर्ने र सफल भएमा पूर्ण रूपमा लागू गर्ने योजना छ। बैंकको एटीएम जत्तिकै आकारको यो मेसिन टोकियोस्थित कपडा कम्पनी एसजोय (Sjoy Co.) ले करिब चार वर्ष लगाएर विकास गरेको हो। धातु प्रशोधन मेसिनबाट प्रेरित भई बनाइएको यस उपकरणमा प्रयोगकर्ताले करिब १० सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ३० सेन्टिमिटर गहिराइको ठाउँमा कपडा राखेर ढकनी बन्द गरी बटन थिच्छन्। करिब तीन मिनेटमा प्रक्रिया पूरा हुन्छ र खोल्दा कपडा पुनः पहिलेकै अवस्थामा फर्किने कम्पनीको दाबी छ।
पश्चिम जापानको शिकोको क्षेत्रबाट पत्नीका साथ नारिता आएका टोकियोको इताबाशी वार्डका तीसको दशकका एक कर्मचारीले दुईवटा ज्याकेट कम्प्रेस गरे। उनले भने, “अब मेरो ब्याकप्याकमा थप ठाउँ बन्यो। घर फर्किनुअघि विमानस्थलमै केही स्मृति–उपहार किन्न सक्छु।”
विदेशी पर्यटकको संख्या बढेसँगै नारिता विमानस्थलमा छाडिएका सुटकेसको संख्या पनि तीव्र रूपमा बढेको छ। एनएएका तथ्यांकअनुसार, आर्थिक वर्ष २०२० मा एक सय चौबीस वटा मात्र रहेका यस्ता घटना आर्थिक वर्ष २०२४ मा १ हजार ७३ पुगेका छन्, जुन आठ गुणाभन्दा बढी वृद्धि हो। धेरै यात्रुले सामान नअट्दा विमानस्थलमै नयाँ सुटकेस किनेर पुरानो त्यहीं छाड्ने गरेको एनएएको अनुमान छ।
एनएएको विमानस्थल योजना विभागकी अकारी साइटो भन्छिन्, “अत्यधिक भरिएका र बन्द हुन नसक्ने सुटकेससँग संघर्ष गरिरहेका यात्रुहरू हामीले बारम्बार देख्छौँ। यो सेवा त्यस्तो समस्याको समाधानमा सहयोगी हुने हाम्रो अपेक्षा छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




