फाईल तस्बिर

टोकियो,जापान। जापानमा अत्यन्तै चिसो हावाको लहरको(शित लहर जस्तै) प्रभावका कारण जापान सागर आसपासका क्षेत्रहरूमा निरन्तर हिमपात भइरहेको छ। यसका कारण केही स्थानमा औसतभन्दा धेरै हिउँ जम्मा हन गई जनजिवन असहज बन्न पुगेको छ।

मौसम विभागका अनुसार २५ तारिखसम्म पुनः भारी हिमपातको सम्भावना छ। यस अवधिमा देशका व्यापक क्षेत्रमा हिमपातको तीव्रता बढ्ने अनुमान गरिएको छ, जसले यातायात सेवामा उल्लेख्य असर पार्न सक्छ।

सम्बन्धित निकायहरूले सडक तथा रेल सेवामा ढिलाइ वा अवरोध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। साथै, विद्युत् लाइन र रुखमा हिउँ जम्दा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम, छानाबाट हिउँ खस्ने खतरा तथा हिमपहिरोको सम्भावनाप्रति पनि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

नागरिकहरूलाई अनावश्यक यात्रा टार्न, स्थानीय निकाय र मौसमसम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा जाँच गर्न र आवश्यक तयारीसहित सुरक्षित रहन आग्रह गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार