
टोकियो,जापान। जापान सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष सन २०२४ मा जापानभका बाल कल्याण केन्द्रहरूमा दर्ता भएका बाल दुर्व्यवहारका घटनाहरू २ लाख २० हजार भन्दा बढी पुगेका छन्। यो संख्या लगातार दोस्रो वर्ष पनि यही स्तरमा कायम रहेको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र बालबालिका तथा परिवार एजेन्सीका अनुसार कुल घटनामध्ये करिब ६० प्रतिशत मानसिक (मनोवैज्ञानिक) दुर्व्यवहारसँग सम्बन्धित छन्।
आर्थिक वर्ष सन २०२४ मा कुल २ लाख २३ हजार ६ सय ९१ वटा बाल दुर्व्यवहारका घटना रिपोर्ट भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १ हजार ८ सय १८ ले कम हो। सरकारका अनुसार सन् १९९० देखि तथ्यांक संकलन सुरु भएयता पहिलो पटक घटनाको संख्या घटेको देखिए पनि, यो अझै पनि आर्थिक वर्ष सन २०२३ पछिको दोस्रो उच्च स्तरमा रहेको छ। यसले बाल दुर्व्यवहार नियन्त्रणका उपायहरू थप मजबुत बनाउनुपर्ने आवश्यकता देखाएको छ।
बालबालिका तथा परिवार एजेन्सीका एक अधिकारीले भनेका छन्, “संख्या घटेको देखिए पनि अवस्था अझै गम्भीर नै छ भन्ने तथ्य परिवर्तन भएको छैन।” सरकारले तुलनात्मक तथ्यांक संकलन सन् १९९० देखि गर्दै आएको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष सन २०२४ मा मानसिक दुर्व्यवहारका घटनाहरू १ लाख ३३ हजार २४ रहेका छन्। तीमध्ये ७७ हजार ९ सय ४७ घटना बालबालिकाको अगाडि घरेलु हिंसा भएको अवस्थासँग सम्बन्धित छन्। शारीरिक दुर्व्यवहारका घटना ५२ हजार ५ सय ३५, बेवास्ता (नेग्लेक्ट) का घटना ३५ हजार ६ सय १२ र यौन दुर्व्यवहारका घटना २ हजार ५ सय २० रहेका छन्।
कुल घटनामध्ये करिब ५० प्रतिशत घटना प्रहरीले बाल कल्याण केन्द्रहरूमा रिपोर्ट गरेका छन्। छिमेकी तथा चिनजानका व्यक्तिहरूबाट ८ प्रतिशत भन्दा बढी रिपोर्ट भएको छ भने परिवारका सदस्य, आफन्त तथा विद्यालयबाट आएका रिपोर्टहरूको प्रतिशत लगभग समान रहेको छ। पीडित स्वयंले रिपोर्ट गरेका घटनाहरू भने २ प्रतिशत भन्दा कम छन्।
बाल कल्याण केन्द्रहरूलाई दुर्व्यवहारको आशंका भएका बालबालिकालाई अस्थायी रूपमा संरक्षणमा राख्ने तथा सम्बन्धित घरपरिवारको निरीक्षण गर्ने अधिकार दिइएको छ। सन् २०२५ को अप्रिलसम्म जापानभर यस्ता केन्द्रहरूको संख्या २ सय ४० पुगेको छ।
बाल दुर्व्यवहारसम्बन्धी परामर्शहरू निरन्तर बढ्दै गएकाले केन्द्रहरूमा कार्यभार अत्यधिक बढेको जनाउँदै सरकारले देशभर बाल कल्याण अधिकृत र मनोवैज्ञानिकहरूको संख्या बढाउने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




