टोकियो,जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै स्याङ्जा समाज जापानको पहलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रमका लागि सहभागी दर्ता फारम खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

समाजले जापानका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूलाई पायक पर्ने स्थान छनोट गरी दर्ता फारम भर्न हार्दिक अनुरोध गरेको छ। दर्ता प्रक्रियाले कार्यक्रमको प्रभावकारी व्यवस्थापन र समन्वयमा सहयोग पुग्ने आयोजकको भनाइ छ।

विभिन्न क्षेत्रमा फरक–फरक मिति
आयोजकका अनुसार गुन्मा केनमा रक्तदान कार्यक्रम फेब्रुअरी २१ र २२ गरी २ दिन सञ्चालन गरिनेछ। अन्य क्षेत्रहरूमा भने कार्यक्रम फेब्रुअरी २२ कै दिन आयोजना हुनेछ।

यसअघि शिजुओका क्षेत्रमा आयोजना गरिएको रक्तदान कार्यक्रम जनवरी २७ मा सफलतापूर्वक सम्पन्न भइसकेको स्याङ्जा समाज जापानले जानकारी दिएको छ।

फेब्रुअरी २२ मा कार्यक्रम हुने क्षेत्र
टोकियो, नागोया, ओसाका र सेन्दाइ मा एकै दिन रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ।

दर्ता फारम किन आवश्यक ?
समाजका अनुसार दर्ता फारमबाट- प्रत्येक क्षेत्रमा सहभागी संख्याको यथार्थ अनुमान गर्न,कार्यक्रम व्यवस्थापन सहज बनाउन,जापानी रेडक्रससँग आवश्यक समन्वय गर्न,तथा भविष्यका लागि तथ्यांक अभिलेख सुरक्षित राख्न सहयोग पुग्नेछ।

स्याङ्जा समाज जापानले रक्तदानलाई मानव जीवनसँग जोडिएको महत्वपूर्ण सेवा भएको उल्लेख गर्दै, “तपाईंको सानो योगदानले कसैको जीवन जोगिन सक्छ” भन्दै सबै नेपालीलाई कार्यक्रममा सहभागी भई दर्ता गर्न र यस जानकारीलाई व्यापक रूपमा साझा गर्न आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार