टोकियो,जापान। जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) भित्र उपभोग कर (कन्जम्प्सन ट्याक्स) घटाउने विषयमा बहुमत समर्थन देखिए पनि पार्टी नेतृत्व तहमा अझै सतर्कता देखिएको छ।जापानी संचार माध्यमको एक सर्वेक्षणअनुसार एलडिपीका ७४ प्रतिशत उम्मेदवारले उपभोग करमा सीमित कटौती गर्नुपर्ने मत व्यक्त गरेका छन्। तर २० प्रतिशत उम्मेदवारले हालको १० प्रतिशत करदर यथावत् राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका कुल १ हजार २ सय ८५ जनामध्ये १ हजार २ सय ५१ जनाले सर्वेक्षणमा सहभागिता जनाएका थिए, जसको प्रतिक्रिया दर करिब ९७ प्रतिशत रहेको छ। कर कटौतीप्रति नकारात्मक धारणा राख्नेहरूमा वर्तमान मन्त्रीहरू र पार्टीका वरिष्ठ नेताहरू पनि समावेश छन्, जसले पार्टीभित्र पूर्ण एकमत नरहेको संकेत गर्छ।

उपभोग कर नीतिमा ४७ प्रतिशत उम्मेदवारले सीमित कटौती, ४३ प्रतिशतले स्थायी कटौती वा खारेजी, र ८ प्रतिशतले हालको दर कायम राख्नुपर्ने बताएका छन्। एलडिपीको चुनावी घोषणापत्रमा भने खाद्य तथा पेय पदार्थमा दुई वर्षका लागि कर छुटबारे छलफल तीव्र बनाउने प्रतिबद्धता गरिएको छ।

प्रधानमन्त्री तथा एलडिपी अध्यक्ष सानाए ताकाइची ले भने सर्वेक्षणमा प्रतिक्रिया दिएकी छैनन्। छोटो निर्वाचन अवधिका कारण नीति अचानक आएको र “छलफल तीव्र बनाउने” सीमित शब्द प्रयोग भएकाले उम्मेदवारहरूबीच फरक धारणा देखिएको विश्लेषण गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार