छोटा सल,च्यातीएका कम्वल, बबी चप्पल, पाटका तुना मुनी दाउराको ठेस्ना, न स्वादिलो पकान न वास्ना !
बर्षौ देखि त्यही गरिबीको नारा बेचेर ठूलो भोटे ताल्चा लगाएर राखेको तिमीहरूको भोट बैक आज खाली भएको छ । सिक्काहरू यत्रतत्र छरिएता भए पनि झूटा सपनाका नोटहरू बचत कर्ताहरूले च्यातेर जलाई दिएका छन् ।तिम्रा झुटा आश्वासनका महलहरू भत्किएर आशाका चार कोठे घरहरू ठडिएका छन्। जाली कोष्टाहरू असली करार पत्रमा परिणत भएका छन् ।आशा छ ति पर्ची रूपी नोटहरू पॉच बर्षमा जनतालाई ब्याज सहित फिर्ता हुने छन्।
एक हदसम्म हामी माथि लागेको भेडाको ट्याग फेरीएको छ तथापी अझै धेरै बदल्न बॉकी छ ।अति गर्नु अत्याचार नगर्नु ।अति गरे पछि खति हुन्छ ।त्यही खति पछिको इतिहास वर्तमान मा हाम्रो सामु उभिएको छ ।
कालुहरूले स्यालहरूलाई बॉघ आयो भनेर धेरै दु:ख दिए ।हेर कालु आज बॉघ नै आयो र बा……………..ख्रा!! हरूको भाग दौड मच्चीयो । इतिहास साक्षी छ ठेस्ना र ठुटाबाट उम्रेका फल र रूखहरू केवल सजाउन लायक हुन्छन् । फल खानलाई त जरा बलियो चाहिन्छ।गाग्राहरू त्यति बेला मात्रै गहकिला हुन्छन जति बेला पानीले भरीएका हुन्छन् । अहंकार,घमण्ड,दम्भ र पाखंड ले भरिएका भुड्काहरू पत्धरमा नठोकिदा मात्रै पुटुक्क हुन्छन्, पत्थरमा ठोकिएको क्षण चक्नाचुर हुन्छन् ।
वीर जेन्जीहरूले देखाएको बाटोमा अदम्य साहस र स्वच्छ मनहरूको जनताले कदर गरेका छन् । इतिहास बनाई दिएका छन् ।नेपाली इतिहास र विश्व इतिहासमा नाम लेखाई दिएका छन् । यो इतिहासलाई सुनौलो बनाउनु पर्ने छ र हामीसबैले यसको पहरेदारी गर्नै पर्छ र गर्ने छौ ।
केलाएर हेर्दा:ॐ
१.झन्डै ७० बर्ष पछि नेपालले दुई तिहाई को सरकार पाउने वाला छ । (२०१५ सालमा बिपी कोईरालाको सरकार)
२.मिली जुली खान बनाइएको हाम्रो अहिलेको यो संबिधानमा टेकेर कुनै एक पाटीले बहुमत ल्याउनु प्राय असम्भव कुरालाई सम्भव बनाउदै दुई तिहाई बहुमत ल्याउनु ।
३.पार्टी स्थापनाको चार बर्ष पुग्दा नपुग्दै देशको सबै भन्दा ठूलो पार्टी बन्नु ।
४.इतिहास मा पहिलो पटक लगभग ४०% संसद ४० बर्ष मुनिको हुनु।
५.विश्व इतिहासमा पहिलो पटक ३५ बर्षका पूर्व मेयर प्रधानमंत्री बन्नु ।
६.नेपालको इतिहासमा पहिलो पटक member of parliament मा ९जना डाक्टर,४९ भन्दा धेरै मास्टर डिग्री र ४० भन्दा धेरै ब्याच्लर डिग्री members हुनु ।
यहॉहरूको देश बनाउने हुटहुटू र हाम्रो देश फर्किने हुटहुटी साझा गर्नु पर्ने छ ॥अन्त्यमा यहॉहरूको मनमा धन,कलममा-मलम,नियतमा खोट,कोटमा नोट र आशा malicious नलागोस् । हामी सबैलाई शुभकामना ।
कॉचुली फेरीनुको बिकल्प छ र ????
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




