टोकियो। जापानको टोकियोस्थित नाकानो क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सामाजिक तथा भोलेन्टियर सेवा गर्दै आएका नेपाली नागरिक शरद कुमार गौचनलाई सम्मान गरिएको छ। नाकानो कोकुसाई कोर्युखाईको पहलमा आयोजित कार्यक्रममा नाकानो नगरका मेयर साकाई नाओतोले गौचनलाई औपचारिक रूपमा सम्मान प्रदान गरेका हुन्।
गौचनले करिब दुई दशकदेखि जापानमा बसोबास गर्ने विदेशी नागरिकहरू—विशेषगरी नेपाली समुदायलाई विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आएका छन्। नाकानो, सेटागाया, नेरिमा र सुगिनामि क्षेत्रलाई समेट्ने च्युओ लाइन आसपास बसोबास गर्ने करिब ५० भन्दा बढी देशका १० हजारभन्दा बढी विद्यार्थी तथा अन्य नागरिकलाई उनले निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गरिएको छ।
नाकानो कोकुसाई कोर्युखाईमार्फत सञ्चालित गतिविधिहरूमा संलग्न रहँदै उनले भाषा, बसोबास, सामाजिक समायोजन तथा दैनिक जीवनसँग सम्बन्धित विविध क्षेत्रमा विदेशी नागरिकलाई सहयोग गर्दै आएका छन्। उनको यस योगदानलाई जापानी समाजले उच्च मूल्यांकन गरेको आयोजकले जनाएको छ।
यस वर्षको सम्मान कार्यक्रममा अधिकांश सम्मानित व्यक्तिहरू जापानी नागरिक भए पनि विदेशीमध्ये गौचन पहिलो नेपालीका रूपमा सम्मानित भएका हुन्। साथै, एक जना चिनियाँ महिलाले पनि यसपटक सम्मान प्राप्त गरेकी थिइन्।
गौचन नेपाली समुदायका एक अग्रज व्यक्तित्वका रूपमा चिनिन्छन्। आफ्नो मुख्य पेशा व्यवसायसँगै उनले सामाजिक सेवामा देखाएको सक्रियता र योगदानले जापानमा रहेका नेपाली समुदायको पहिचान र प्रतिष्ठा थप उचाइमा पुर्याएको विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




