टोकियो। जापानमा घट्दो जन्मदरको समस्या गम्भीर बन्दै गइरहेको बेला पछिल्लो १० वर्षमा विदेशी बालबालिकाको संख्या उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक भएको छ। जापानी संचार संस्था एनएचकेले गरेको विश्लेषण अनुसार देशभरका आधाभन्दा बढी स्थानीय तहमा विदेशी बालबालिकाको संख्या बढेको पाइएको हो।
सामान्य मामिला मन्त्रालयको बसोबास आधार दर्ताको तथ्यांकलाई आधार मानेर २०१५ र २०२५ को अवस्थाबीच तुलना गर्दा यस्तो निष्कर्ष आएको हो। अध्ययनमा ० देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई समेटिएको थियो।
विश्लेषणअनुसार १० वर्षको अवधिमा जापानी बालबालिकाको संख्या करिब २५ लाख ८० हजारले घटेको छ भने विदेशी बालबालिकाको संख्या १ लाख १७ हजारले बढेर २ लाख ९९ हजार पुगेको छ। देशभरका करिब ५६ प्रतिशत, अर्थात् ९८५ स्थानीय तहमा विदेशी बालबालिका बढेका छन्। तीमध्ये झण्डै ४५ प्रतिशत स्थानीय तहमा त दोब्बरभन्दा बढी वृद्धि देखिएको छ।
ठूला शहरहरूमा विदेशी बालबालिकाको वृद्धि उल्लेखनीय देखिएको छ। ओसाका सिटी मा ६ हजार २७६, योकोहामा सिटी मा ५ हजार ४३१, एदोगावा वार्ड मा ३ हजार ४३३ तथा नागोया सिटी मा ३ हजार ४१६ विदेशी बालबालिका थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




