टोकियो,जापान। जापानमा रोजगारी बजारले मिश्रित संकेत देखाएको छ। सन् २०२६ फेब्रुअरी महिनामा देशभरको औसत प्रभावकारी रोजगारी अनुपात १.१९ गुणा पुगेको छ, जुन अघिल्लो महिनाभन्दा ०.०१ अंकले बढी हो।

यो अनुपातले एक जना काम खोज्ने व्यक्तिका लागि कति रोजगारी उपलब्ध छन् भन्ने देखाउँछ। उक्त सूचक दुई महिनापछि पुनः बढेको हो।

श्रम मन्त्रालयका अनुसार कच्चा पदार्थको मूल्य वृद्धि र न्यूनतम पारिश्रमिक बढाइएका कारण केही कम्पनीहरूले रोजगारी घटाउने वा पुनरावलोकन गर्ने प्रवृत्ति देखिएको छ। तर समग्रमा जनशक्ति अभाव भने अझै कायम रहेको बताइएको छ।

क्षेत्र अनुसार रोजगारी अनुपात हेर्दा सबैभन्दा उच्च

फुकुई – १.७५ गुणा,तोयामा – १.६७ गुणा,यामानाशी – १.५७ गुणा देखिएको छ। र यसैगरि  सबैभन्दा कम, ओसाका – ०.९७ गुणा,फुकुओका – ०.९९ गुणा ,होक्काइदो – १.०१ गुणा रहेको छ।

यसैबीच, नयाँ रोजगारीको संख्या भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.८ प्रतिशतले घटेको छ, जसले लगातार १० महिना गिरावट देखाएको छ।

उद्योगगत रूपमा हेर्दा सबै ११ प्रमुख क्षेत्रमा गिरावट आएको छ, जसमा थोक तथा खुद्रा व्यापार – १७.९ प्रतिशत,सेवा तथा मनोरञ्जन क्षेत्र – १७.० प्रतिशत   र होटल तथा रेस्टुरेन्ट क्षेत्र – १४.७ प्रतिशत घटेको

देखिएको छ।

मन्त्रालयले जनाए अनुसार कम्पनीहरूले लागत बढेका कारण सावधानी अपनाउँदै रोजगारी पुनरावलोकन गरिरहेका छन्, तर देशमा जनशक्ति अभावको समस्या अझै गम्भीर रूपमा जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार