टोकियो,जापान। अप्रिल ११ र १२ तारिख टोकियोमा आयोजना हुने दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आईतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो।

दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवलको संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार- फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ ।

फेस्टिवलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ। दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संयोजक कार्कीले बताउनुभयो ।

फेस्टिवलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता तथा महासचिव सुरेश पुनको सञ्चालन रहेको थियो भने
एनआरएनए आईसीसीका उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिवल खड्का, मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की लगायतले मन्तव्य राख्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार