टोकियो/जापान।
जापानका १७ देखि १९ वर्ष उमेर समूहका किशोरहरूमा “आप्रवासीको वृद्धि” लाई प्रमुख राष्ट्रिय मुद्दा मान्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। निप्पोन फाउन्डेसन द्वारा गरिएको हालैको अनलाइन सर्वेक्षण अनुसार १९.२ प्रतिशत किशोरहरूले यसलाई मुख्य मुद्दा मानेका छन्, जुन २ वर्षअघिको ६.७ प्रतिशतको तुलनामा करिब ३ गुणा बढी हो।
यस वृद्धिको स्पष्ट कारण भने खुलाइएको छैन। तर पछिल्लो समय जापानमा विदेशी जनसंख्या बढ्दै जाँदा त्यससँग सम्बन्धित बहस, तथा सन् २०२५ को माथिल्लो सदन निर्वाचनमा राजनीतिक दलहरूले विदेशीसम्बन्धी नीतिलाई जोड दिएका कारण यस्तो प्रवृत्ति देखिएको अनुमान गरिएको छ।
फेब्रुअरीमा गरिएको उक्त सर्वेक्षणमा सबैभन्दा धेरैले “घट्दो जन्मदर” (४१.५ प्रतिशत) लाई प्रमुख समस्या मानेका छन्। त्यसपछि “बुढ्यौली जनसंख्या” (३७.१ प्रतिशत) र “आर्थिक वृद्धि” (२७.९ प्रतिशत) रहेका छन्। “आप्रवासीको वृद्धि” भने १९.२ प्रतिशतसहित चौथो स्थानमा परेको छ।
इमिग्रेशन सर्भिसेस एजेन्सी अफ जापान का अनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या करिब ४१ लाख ३० हजार पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
तर जापान सरकारले भने “आप्रवासन नीति प्रवर्द्धन नगरेको” स्पष्ट पार्दै श्रम अभाव पूर्ति गर्न मात्र विदेशी कामदार स्वीकार गरिरहेको बताएको छ।
यस सर्वेक्षण अन्य देशहरू-बेलायत, चीन, भारत, दक्षिण कोरिया र अमेरिकामा पनि गरिएको थियो। तीमध्ये बेलायतमा २१.१ प्रतिशतले आप्रवासी वृद्धि मुख्य मुद्दा मानेका छन् भने अमेरिकामा १४.५ प्रतिशतले यस्तो धारणा व्यक्त गरेका छन्।
विश्वसनीय सूचना स्रोतबारे सोधिएको प्रश्नमा जापानी किशोरहरू मात्रै यस्ता थिए, जसले “जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स” लाई शीर्ष १० स्रोतमा राखेका छन्। ११.९ प्रतिशतले यसलाई रोजेका छन्, जुन विश्वप्रसिद्ध विश्वविद्यालय तथा अनुसन्धान संस्थाभन्दा पनि बढी हो।
यस्तै, भविष्यको पेशाबारे सोध्दा जापानका २२.५ प्रतिशत किशोरहरूले “विशेष केही छैन” भन्ने उत्तर दिएका छन्, जुन अन्य देशहरूको तुलनामा निकै उच्च हो। भारतमा १ प्रतिशत, बेलायतमा १.७ प्रतिशत, चीनमा २.२ प्रतिशत, दक्षिण कोरियामा ३ प्रतिशत र अमेरिकामा ३.८ प्रतिशत किशोरहरूले मात्र यस्तो उत्तर दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




