टोकियो। जापानमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ समाज जापानले अगस्ट ३० (आइतबार) वार्षिक बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम चिबा प्रिफेक्चरको इचिकावा स्टेशन नजिक रहेको साकुराचुचुमी पार्कमा बिहान १०:०० बजेदेखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन पुरुषका लागि ३,५०० येन, महिलाका लागि ३,००० येन तथा विद्यार्थीका लागि २,५०० येन सहभागिता शुल्क निर्धारण गरिएको छ। साथै १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

समाजका अनुसार कार्यक्रममार्फत धादिङवासीसहित जापानमा रहेका नेपालीहरूबीच आपसी भेटघाट, परिचय, मित्रता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। कार्यक्रममा स्वादिष्ट बीबीक्यूका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिने जनाइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार