टोकियो । ‘टोकियो ओलम्पिक २०२०’ मा आगन्तुकहरुको सामान उठाउने देखि भाषिक समस्या समाधानका लागि सातवटा नयाँ रोबोट सार्वजनिक गरिएको छ । एक अधिकारीले,रोबोटले भरिपूर्ण एयरपोर्ट प्रवेशको अपेक्षा गर्न सकिने बताएका छन् ।
हनेदा एयरपोर्टमा प्रदर्शनमा राखिएका ७ मध्येको एक रोबोटले विभिन्न चार भाषामा लगातार व्याख्या गर्न सक्छ । आगन्तुकहरुले माइकमा बोलेपछि त्यसको उल्था एकैछिनमा स्मार्ट स्क्रीनमा देखिने छ । सानो सेतो संगको मानवयन्त्र, सिनामोनले सहयोग चाहिएको छ की भन्दै भ्रमणकर्ताहरुको नजिक आउने छ । अर्को रोबोटले एयरपोर्टबाट भ्रमणकर्तासम्म सामान पुर्याउने कार्य गर्ने छ ।
जापान एयरपोर्ट टर्मिनलका एक प्रतिनिधि युताका कुरातोमीले २०२० सम्ममा टर्मिनलहरु रोबोटले भरिभराउ हुने आशा व्यक्त गर्दै भ्रमणकर्ताले यन्त्रसंग वार्तालाप गरेको सामान्य रुपमा हेर्न सकिने प्रतिक्रिया व्यक्त गरे । आगामी टोकियो ओलम्पिकमा जापानले आफुसंग भएको विश्वकै उत्कृष्ट प्रविधि प्रदर्शनको अपेक्षा राख्ने विदेशी अवलोकनकर्ताका लागी उक्त योजना लक्षित गरिएको छ । एएफपीसंगको कुराकानीमा कुरातोमीले विदेशीहरुले जापानीहरु निकै सहयोगी छन् भन्ने सोचुन भनेर यस्तो गरिएको बताए ।
बढ्दो बृद्ध जनसंख्याका कारण न्युन हुँदै गरेको श्रमिकलाई मध्यनजर गरेर पनि जापानले रोबोटको प्रयोग गरेको हो । २०२० ओलम्पिकको आयोजकको हैसियतले विदेशबाट पर्यटकको बढ्दो चापलाई ध्यानमा राख्दै कर्मचारीको अभाव नहोस भन्ने आशामा जापान रहेको छ । जनवरी ९ देखि रोबोटहरु एक महिनाका लागि हनेडामा परीक्षणका लागि राखिने छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




