कालिकोट : दैलेखको महाबु गाउँपालिका-१ छामघाट खोलाको जंगलमा बस्दै आएका राउटेलाई बिमा समितिद्वारा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ। राउटे बस्तीमा पुगेर बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं, बिमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्की र बिमक संघका महासचिव योगेशभक्त श्रेष्ठको सहयोगी हातहरुले न्यानो कपडा र खाद्यान्न वितरण गरेका हुन्। नेपाल बिमा समितिका कर्मचारी, नेपाल बिमा संघ, नेपाल इन्सोरेन्स प्रोफेसनल सोसाइटी, स्वियर संघ नेपालले दुई लाख बराबरको लत्ताकपडा, खाद्यान्न सहयोग गरेको नेपाल बिमा संघका अध्यक्ष चिरञ्जीवी चपागाईंले बताए। ‘हामीले राउटेलाई टेलिभिजनमा हेर्ने र समाचारमा पढे पनि नजिकबाट बुझ्न पाएका थिएनौँ। यसपटक राउटेको वासस्थानमै पुगेर बुझ्यौँ र सहयोग दियौँ।’ उनले भने, ‘राउटे बस्तीमा कुपोषण बढी समस्या रहेका नेपाल सरकारले पोषण सुधार ल्याउनुपर्छ।’ राउटेलाई खाद्यान्न लत्ताकपडा संयुक्त हस्तान्तरण गर्दै दैलेख राउटे बस्तीमा पुगेका क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले राउटे अब परिवर्तन हुन जरुरी रहेको बताए। ‘रोगबाट बच्नलाई सफा र दिन प्रतिदिन सरसफाइमा ध्यान दिन तपाईंहरुलाई आग्रह गर्दछु’, उनले भने।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार