झापा, माघ १५ । झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ५५ बर्षीय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षीय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली पुगेर किशोरलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार