काठमाडौं : काठमाडौं महानगरपालिका–१२ लगनमा शनिबार बिहान आगलागीमा परी जलेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

अागलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको हो। उनकाछोरा प्रविणलाल श्रेष्ठ घाइते भएका छन्। मृतक र घाइते काभ्रे घर भएका र हाल सो स्थानमा डेरा गरी बस्ने रहेको प्रहरीले जनाएको छ।

आगलागी हुँदा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। अर्को एक घरमा समान्य क्षति भएको छ। बिहान ४ बजे लागेको आगोले अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घर जलेको होे।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। काठमाडौं, ललितपुर र भक्तपुरका पाँच दमकल प्रयोग गरी आगो निभाइएको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार