नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यति बेला सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । करिब २ वर्षको मेहनत पश्चात् अनमोल अभिनित कृ रिलिज भएको हो । वर्षको प्रतिक्षित रहेको कृले धमाका मच्चाउने धेरैले अनुमान गरेका थिए । तर चलचित्रले सोचेको जस्तो कमाई र प्रतिक्रिया पाउन सकेन । यद्यपि कृले आफ्नो लगानी भने सुरक्षित गरेको छ । कृले सोचेको जस्तो सफलता नपाउँदा नायक अनमोल केसी केही तनावमा रहेको उनका निकट बताउँछन् ।
सायद त्यसैले होला यति बेला अनमोल चितवनमा छन् । अनमोल कृको ह्याङबाट मुक्त हुन आफ्नो दिदी काजलसँग चितवन पुगेको बताइएको छ । काजल अभिनेता भुवन केसीको जेठी श्रीमती विजयाा केसीकी छोरी हुन् । काजलले आफ्नो फेसबुक मार्फत केही तस्बिर सेयर गरेकी छिन् । जसमा अनमोल र काजलसँगै छन् भने दुवैले हात्ती सफारी समेत गरेका छन् । चलचित्र ‘क्याप्टेन’को तयारीमा रहेका अनमोल केही दिन अझै चितवनमा रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




