अधिकांश नेपालीहरुको चटनी खाने बानी हुन्छ । रोटीसँग त्यती धेरैले नखाने भए पनि भातसँग सागतरकारीको सट्टा चटनी खाने गर्दछन् । चटनी खाने सबैको उदेश्य हो खानाको स्वाद बढोस र खाना मिठो लागोस् । तर तटनी स्वादको लागि मात्र नभई यसले औषधीय गुण पनि दिने गर्दछ । यसमा कैयौँ औषधीय गुण हुन्छन् । स्वामी प्रकाशले चटनीको औषधीय गुणबारे यसरी बताएका छन् । टमाटरको चटनी ः टमाटर भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको खानी हो । टमाटरको चटनीले शरीरमा कोलेस्ट्रोलको मात्रालाई काम गर्ने काम पनि गर्छ । तौल कम गर्न चाहनेका लागिसमेत टमाटरको चटनी अचुक बन्न सक्छ । धनियाँको चटनी ः धनियाँको चटनीमा भिटामिन सी र प्रोटिनको मात्रा अधिक हुन्छ । धनियाँको चटनीको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत दूर गर्ने काम गर्छ । पुदिनाको चटनी ः पुदिनाको चटनीमा पनि एन्टिब्याक्टेरियल गुण हुने भएकाले कब्जियतजस्ता समस्याबाट छुटकरा दिलाउँछ । धनियाँ, अदुवा र लसुन मिसाएर चटनीको प्रयोग गरेमा स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ । प्याज र लसुनको चटनी ः लसुन एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक, एन्टिफंगल र एन्टिब्याक्टेरियल हर्ब भएकाले उमेरअनुसार हुने असामान्य शारीरिक परिवर्तलाई रोक्नुका साथै कैयौँ सम्भावित रोगसमेत निको पार्छ । अमलाको चटनी ः अमलाको चटनी खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा भिटामिन सीलगायतका पौष्टिक तत्व हुन्छन् । अमलाको चटनीमा अदुवा र कागती मिलाएर प्रयोग गरेमा मुटुरोगको सम्भावनाबाट पनि बचाउँछ ।,

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार