बैतडीको दशरथचन्द नगरपालिका–८ डुङराका १३ वर्षीय रञ्जन भट्ट कक्षा ८ मा अध्ययन गर्छन् । तर, उनी आफ्नै बुबाबाट दिनरात पिटाइ खान विवश छन् ।
रञ्जन डेढ वर्षको छँदै उनका बाबु मनोज भट्ट प्रहरीको जागिर छोडेर घर बसे र उनकी आफ्नी श्रीमती (रञ्जनकी आमा) दीपालाई घरबाट निकाले ।
तर, छोरा रञ्जनलाई आफू सँगै राखे, रातदिन मदिरा सेवन गर्ने मनोजले केही वर्षअघि आफ्ना ८० वर्ष नाघेका आमाबुबालाई समेत घरबाट निकाले । हाल उनीहरू (रञ्जनका बाजेबज्यै) कञ्चनपुरमा अर्काको घरमा काम गरेर बसिरहेका छन् ।
२४सै घण्टा मदिराको नसामा रहने मनोजले छोरा रञ्जनलाई दिन प्रतिदिन पिट्छन् र खुकुरीले घाँटी रेटेर मार्ने धम्की दिइरहन्छन् । धेरैपटक गाउँलेले रञ्जनलाई बचाए तर उनका बाबुको बानीसँग सबै गाउँले डराउन थाले । छिमेकीको घरमा बस्दै आएका रञ्जनलाई छिमेकीकै घरमा गएर मार्ने भनी खुकुरी देखाएपछि गाउँले समेत त्रसित छन् ।
रञ्जनलाई गाउँका केही युवाले मंगलबार दशरथचन्द नगरपालिकामा पु¥याए । ‘केही सहयोग मिल्छ कि भनेर हामीले रञ्जनलाई नगरपािलकामा पु¥याएका हौं,’ स्थानीय तर्कराज भट्टले भने, ‘उनलाई गाउँमा बस्न निकै अप्ठ्यारो छ । यिनका बाले जतिबेला पनि मार्न सक्छन्, केही भर छैन ।’
दशरथचन्द नगरपालिकाको पहलमा रञ्जनलाई अब महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरिरहेकोे सेफ हाउसमा राखिने भएको छ ।
बुबाबाट बचाउन उनलाई (असहाय सेवा केन्द्र) सेफ हाउसमा राख्ने र पाटनमै रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा पढाउने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । उनलाई बुधबार नै पाटनमा रहेको सेफ हाउसमा पु¥याएको उनले बताइन् ।
रञ्जनलाई केही समयका लागि सेफ हाउसमा राखिए पनि कक्षा ८ को परीक्षा दिएपछि उनलाई धनगढीमा रहेको एसोएस अनाथ आश्रममा राखिने महिला विकास अधिकृत अनिता बुढाएरले बताइन् । रञ्जनलाई जिल्ला बाल कल्याण कोषमा रहेको ५० हजार रकमबाट सहयोग प्रदान गर्न पहल गर्ने पनि बुढाएरले बताइन् ।
मलाई बाले काट्छु भनेका छन् – रञ्जन
म १३ वर्षको भएँ । कक्षा ८ मा पढ्छु । जन्मेको २ वर्षसम्म घरमा बसें । त्यसपछि छिमेकी दाइसँग बस्दै आएको छु । बुबाले म डेढ वर्षको हुँदा जागिर छाडेका थिए रे । जागिर छोडेर घर आएपछि मेरो आमालाई घरबाट निकाले भन्ने सुनेको छु । आमाको अनुहार कस्तो छ, थाह छैन ।
बाजेबज्यैले मलाई हुर्काउँदै थिए, उनीहरूलाई पनि बाले घरबाट निकाले । पछि अर्को बिहे गरे । सानीआमाले मलाई माया गर्नुहुन्थ्यो, उहाँलाई पनि घरबाट निकालेको २ महिना बित्यो । अहिले त मलाई खुकुरीले काट्छु भन्छन् । म के गरूँ, कतै बुबाले देख्न नसक्ने ठाउँमा जान पाए हुन्थ्यो ।
नत्र मलाई बचाउँदैनन् दिनरात रोएर मात्रै बसेको छु । अरूका बुबाआमाले माया गरेको देख्दा आफ्नो पनि यस्तै भइदिएहुन्थ्यो भन्ने लाग्छ, मलाई आमाको सधैं याद आउँछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




