मानौँ, तपाईं बर्गर खानुहुन्छ भने, त्यसमा प्रयोग हुने प्याजले तपाईंको सास गन्हाउने होइन । बर्गरमा हुने आर्द्रता र राखिने तारिएका वस्तुहरूका कारण मुखमा दुर्गन्ध उत्पन्न हुन्छ । बर्गर खाँदा हाम्रो शरीरमा यस्तो प्रतिक्रिया हुन्छ, सामुन्ने पर्ने व्यक्ति पछुताउन थाल्छ । फ्राइज वा प्याटी तार्न जुन तेलको उपयोग हुन्छ, त्यसले पनि मानिसको पाचक तत्त्वसँग मिलेर सासलाई दुर्ग्न्धित बनाउने गर्छ । अध्ययनअनुसार, सातामा कम्तीमा तीनरचार पटक फास्ट फुड खाने युवायुवतीमा सास गन्हाउने समस्या बढी हुन्छ ।
कहिलेकाहीं मात्र फास्ट फुड खानेहरूमा चाहिँ यही एउटा कारणले यस्तो समस्या नहुन पनि सक्छ । फास्ट फुड बनाउन उपयोग गरिने तेलले गर्दा एसिडिटी बढ्ने जोखिम पनि हुन्छ । एसिडिटीका कारणले ग्यास्ट्रिक हुने र सास गन्हाउने पनि हुन्छ । सोडा र रातो प्रोसेस्ड मासुले स्तन क्यान्सरको जोखिम’ एउटा अनुसन्धानअनुसार सफ्ट ड्रिंक्स, प्रोसेस्ड मासु बढी खाने र हरियो सागसब्जी कम खाने किशोरीहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । यो अनुसन्धान ‘इपिडिमियोलजी, बायोमार्कर्स एण्ड प्रिभेन्सन’ मा प्रकाशित भएको छ ।
यो अनुसन्धानअन्तर्गत हाई स्कुलमा आफ्नो खानपानबारे भोजनसँग जोडिएको बानीलाई लिएर एउटा प्रश्नावली भरेका ४५ हजार २ सय ४ जना महिलाको तथ्यांक संकलन गरियो । अनुसन्धानमा संलग्न महिलाहरूको उमेर ३३–५२ वर्षबीच थियो । अध्ययनकर्ताअनुसार, स्तन क्यान्सर हुन थुप्रै वर्ष लाग्ने भएकाले कुनै महिलाको जीवनको प्रारम्भिक वर्षमा खानपानको स्तरले क्यान्सरको जोखिम बढाउन सक्छ कि सक्दैन भन्ने थाहा पाउन यो अनुसन्धान गरिएको थियो । यसपछि प्रत्येक चार वर्षमा उनीहरूको यस्तैखाले मूल्यांकनलाई जारी राखियो ।
२२ वर्षसम्म यस्तो गरिएपछि के पाइयो भने, जुन ८ सय ७० महिलाले यो प्रश्नावलीलाई भरेका थिए, उनीहरूलाई रजश्वला बन्द हुनुभन्दा अघि स्तन क्यान्सर भयो । यस्तै, थप ४ सय ९० महिलालाई रजनोवृत्तिपछि स्तन क्यान्सर भयो । अध्ययनअनुसार, कम मात्रामा सागसब्जी सेवन र सफ्ट ड्रिंक्स, रिफाइन्ड चिनी र कार्बोहाइड्रेट, प्रोसेस्ड मासु सेवनको सम्बन्ध शारीरिक अंगको सुन्नाइसँग हुन्छ । अध्ययन परिणामअनुसार, किशोरावस्थाको समयमा यस्तोखाले खानपानले लामो समयसम्म स्तनको छाला सुन्निन सक्छ । यसले रजश्वला बन्द हुनुभन्दा अघि महिलामा स्तन क्यान्सर हुने खतरा बढाउँछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा जग्गा किन्नुअघि: धार्मिक र सांस्कृतिक संरचनाका विवादले सिकाएका पाठ! हामीले पनि मनन् गर्ने कि ?
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने




