, फागुन १६ । महोत्तरीको सदरमुकाम जलेश्वरमा होली पर्वको अवसर पारेर बुधबार ‘फगुवा फुर्रर दंग’ कार्यक्रम गरिएको छ ।
सो अवसरमा विभिन्न ‘जोगिरा’सँगसँगै कविहरुले कविता पाठ गरेका थिए ।
फागु पर्वमा अत्यन्त महत्वपूर्ण मानिने जोगिरा लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि जलेश्वरका युवाहरुले जलेश्वरमा फगुवा फुर्रर दंग कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुबेर कडायत, मनोज झा, अमरकान्त अमर, कन्दर्पलाल कर्ण, प्रभु मिश्र, राजेश्वर ठाकुरलगायतका कविहरुले होलीसम्बन्धी कविताहरु वाचन गरेका थिए ।
यस्तै, एकडारा गाउँपालिका, जलेश्वर नगरपालिकाका तीन समूहका होलैयाहरुले जोगिरा गाएका थिए ।
जलेश्वरस्थित शिक्षा कार्यालयअगाडि आयोजना गरिएको सो कार्यक्रममा स्थानीयकोसमेत सहभागिता थियो ।
फागु पर्वभन्दा एक महिनाअगाडिदेखि नै राति गाउँघरमा जोगिरा गाउने चलन रहेको थियो ।
तर, केही वर्षदेखि जोगिरा गाउने होलैयाहरुको उपस्थिति कम हुनु तथा यसप्रति युवाहरुको चासो नभएका कारणले यसमा कमी आएपछि युवाहरु यसलाई संरक्षण गर्न लागिपरेका हुन् ।
मिथिला साँस्कृतिक विकास केन्द्रको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको फगुवा फुर्रर दंग संयोजन समितिको सदस्य प्रभु मिश्राले जानकारी दिए ।
मिथिलाञ्चलमा अन्तगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने परम्परा रहेपनि जोगिरा भने होलीभन्दा महिनौं दिन पहिलादेखि नै गाउने चलन रहिआएको छ ।
यसपालि अन्तगृही परिक्रमा फागुन १७ गते बिहीबार गरिने भएकाले १८ गते तराईमा होली मनाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




