“केहि प्राप्त गर्ने अभिलाषा भन्दा पनि आफ्नै सन्तुष्टीका लागि समय व्यवस्थापन गरी – गरि यो क्षेत्रमा लागिरहेको छु ।”नेपाली रंगमञ्चमा उदाउँदै गरेका प्रचुर सम्भावना बोकेका कलाकार कुमार सिम्खडाको अभिव्यक्ति हो यो ।
बिगत ६ वर्षदेखि रंगमञ्च तथा हाँस्य टेलिसिरियलहरुको माध्यमबाट नेपाली कलाकारीतामा कृयाशिल कुमार नाम सुनेकै भरमा चिनिने अवस्थामा त पुगिसकेका छैनन् तर उनको निरन्तरता,लगन र कलाकारिता भने उल्लेख गर्न लायक छ।
धादिङ् जिल्लाको,कटुन्जेमा जन्मिएका उनि हाल सपरिवार राजधानी काठमाडौँमा छन् । त्रिचन्द्र कलेजमा समाज शास्त्र विषयमा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्यायनरत कुमार ,अध्यायन,कलाकारिता र पेशा (पर्यटक पथ प्रदर्शक) लाई समानरुपले अगाडि बढाउने प्रयास गरिरहेका छन् ।
मोहन निरौला संग अभिनय कला सिकेका उनलाई जेबी रुवालीले औपचारिक अभिनय यात्रामा डोर्याएको बताउछन् । हाल रंगमंच र टेलिसिरियलहरुमा व्यस्थ भएपनि उनले रेडियो नाटकहरु पनि गरेका छन् । र रेडियो नाटकको सन्दर्भमा उनि रेडियो नेपालका तारा प्रसाद वस्ती प्रति निकै कृतज्ञ छन् कारण उनलाई रेडियो नाटकमा अवरस दिने पहिलो वक्ति मात्र नभई कलाकारिताका लागि आवश्यक साथ र हौसला दिने नजिक व्यक्ति पनि हुन् उनि ।
कुमारले, रंगमञ्चमा – ’बहुला काजीको सपना’ ‘निर्वान’ ‘पिडा आरोहण’ ‘लोकतन्त्र’ ‘अवान्तर’ लगायतका नाटकहरुमा शसक्त अभिनय गरिसकेका छन् । यसका अलवा,’छिद्र क्यानभास’ ‘चाँदिको घेरा’ ‘सम्बोधी’ मा व्याक स्टेजमा रहेर पनि काम गरेका छन् ।
रंगमन्चबाट सुरु भएको उनको अभिनय यात्राले टेलिभिजनका हाँस्य सिरियलहरुमा पनि राम्रै स्थान पाएको बताउँछन् । उनले धेरै थोरै, विभिन्न टेलिभिजनमा प्रशारण हुने, टेलिसिरियलहरु -‘जय होस’’हिजो आजको कुरा’’किलो टांगो माईक’ ‘हर्के हल्दार’ लगायतमा पनि अभिनय गरेका छन् ।
उनि भन्छन् – “संघर्ष र उत्तर चढाव त जहाँ पनि हुन्छ नै, त्यसका वावजुद पनि निरन्तर लाग्न सक्नु नै ठूलो कुरा हो, म त्यहि निरन्तर प्रयासमा छु ।” हाल उनि आफ्नै नाट्य समूह “सदभाव नाट्य समुह” मा आवद्द छन् र रंगमञ्चलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । यसका साथै अन्य नयाँ नाटकका साथ आउने तयारीमा जुटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




