काठमाडौं । मानवअधिकारकर्मी गुणराज प्याकुरेलले सगरमाथाको आरोहण गर्ने भएका छन् । प्याकुरेलले आगामी सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरेका छन् ।

प्याकुरेल दुई वर्ष अगाडि नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्‍याइसकेका सफल आरोही अनिश लुइटेलसँगै आरोहणमा जाने तय भएको छ ।नेपाल स्काउटका लागि २१ दिन सम्म आमरण अनसन बसेका प्याकुरेलले सगरमाथा आफ्नो मात्र नभएर सारा स्काउटको प्रनिनिधित्व गर्दै चढ्ने बताए ।

‘सगरमाथा चढ्नु सपना हो, सपना देख्नु पर्छ र सपना पुरा गर्न आफ्नो सक्दो कोसिस गर्नुपर्छ’ प्याकुरेल भन्छन् ।

सन् २००९ बाट युथ फर ह्युमन राइट्स संस्थाका स्वयंसेवीका रुपमा काम गर्दै आएका प्याकुरेल २०५३ सालदेखि नेपाल स्काउटमा आवद्ध छन् ।कृति फाउन्डेसनको संस्थापक प्याकुरेल सगरमाथामा नेपाल स्काउट, युथ फर हृयुमनराइट्स् इन्टरनेशनल तथा आफू आवद्ध भएका संस्थाहरुको झण्डा लिएर सगरमाथा आरोहण गर्नेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार