कपिलवस्तु, १४ चैत । महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा शुरु भएको छ ।
तत्कालका लागि दुई शैयासहित २४ घण्टे सेवा शुरु गरिएको र केही दिनमै १२ श्ययासहितको सेवा प्रदान गरिने उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयले बताए ।
उपचारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाई आफ्नै नगरपालिका क्षेत्रमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका संवेदनशील भई लागि परेको नगरप्रमुख अब्दुल कलामखांले बताए ।
चौबिसै घण्टा सेवा सञ्चालनका लागि विशेषज्ञ, दक्ष तालीम प्राप्त मेडिकल अधिकृत, स्टाफ, नर्स, अनमी, कार्यालय सहायक र स्विपर खटाइएको स्वास्थ्य संयोजक पाण्डेले बताए । स्वास्थ्य केन्द्रबाट एक्सरे सेवा, एम्बुलेन्स सेवा, ल्याब सेवा, निःशुल्क औषधोपचारलगायतका सेवा भैरहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चौबिसै घण्टा चालु भएपछि आफूहरुलाई धेरै राहत महसुस भएको स्थानीयवासी निबर धुनियाले बताए । यसरी स्वास्थ्य केन्द्रको स्तरोन्नति भएसँगै स्वास्थ्य केन्द्रबाट बिरामी अब अन्यत्र जानु नपर्ने भएपछि नगरपालिका र आसपासका क्षेत्रका बासिन्दा निकै खुशी भएका छन् । चौबिसै घण्टा सेवा प्रवाह भएपछि महाराजगञ्ज आसपासका बासिन्दा अन्य ठाउँ जानुपर्ने बाध्यता हटेको छ ।
यसअघि बिरामी छिमेकी मुलुक भारतको कोटीया बजार, सोहरतगढ, नेपालको चन्द्रौटा, कृष्णनगर र तौलिहवा जाने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




