मुम्बई । कमेडियन कपिल शर्माको फ्यानका लागि दुःखको खबर छ । लामो समयदेखि विवादमा रहेको कपिल शर्माको ‘फेमिली टाइम विथ कपिल शर्मा’ नामक टेलिभिजन शो सधैंका लागि बन्द हुने भएको छ ।
समाचार एजेन्सीले उल्लेख गरेअनुसार सोनी च्यानलले ३ एपिसोड प्रसारण गरेपछि कपिलको शो बन्द गर्ने निर्णय गरेको हो । ‘कपिलको अब्यवसायिक रवैयाको कारण च्यानलले कार्यक्रम बन्द गर्ने निर्णय गरेको’ भारतका बिभिन्न मिडियाले उल्लेख गरेका छन् ।
यतिसम्म कि कपिलको फोन स्वीचअफ थियो । च्यानलका कर्मचारी कपिललाई भेट्न घरसम्म पुगे, त्यति गर्दा पनि सम्पर्क हुन सकेन । कपिलले धोका दिएकै कारण च्यानलले स्पोन्सरको पैसा फिर्ता गर्दै कार्यक्रम बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि कपिलले एडिटर आफ्नी पुरानी प्रेमिका प्रीति सिमोस एवं उनकी बहिनी निजी सिमोसको बिरुद्ध २५ लाख मागेको आरोप लगाएका थिए ।
डिप्रेसनमा कपिल
केही मिडियाले अहिले कपिल डिप्रेसनको सिकार भएको उल्लेख गरेका छन् । सोही कारण उनी सुटिङको समयमा सेटमा समेत गएका थिएनन् । कपिलकी पूर्वप्रेमिका प्रीति सिमोसले कपिल मानिसक रुपले विक्षिप्त रहेको टिप्पणी गरेकी थिइन् । उनलाई सीजीफ्रेनिया भएको अनुमान गरिएको छ । उनी बेला बेलामा आत्महत्या गर्ने कुरा गरिरहन्छन् ।
कपिलका एक मित्र राजीव ढीगराले एक अंग्रेजी वेभसाइटसँग कुरा गर्दै कपिल पूर्वप्रेमिका प्रीति सिमोसले कपिलसँग बदला लिन चाहेको उल्लेख गरेका छन् । प्रीतिले गिन्नी चतरथसँग विवाह गर्ने पक्का भएपछि । प्रीती कपिलको बिरुद्ध लागेकी थिइन् ।
राजीवले प्रीतिलाई यो पनि आरोप लगाएका छन् कि प्रीतिले हर समय कपिलको कमजोरीको फाइदा लिइरहिन् । ‘कपिल इमोस्नल छन्, प्रीति उनको जीवनमा जबर्जस्ती आएकी थिइन् ।’ प्रीतीले कपिललाई फिल्म इण्डष्ट्रीबाट निकाल्न सक्ने भनेर धम्कि दिने गरेको पनि राजीवले बताएका छन् ।
कपिल निर्देशक हुन् । उनले कपिललाई लिएर फिरंगी बनाएका थिए । मार्च २०१७ सम्म प्रीति सिमोस कपिलको प्रोडक्सन हाउस के नाइनमा क्रिएटिभ डाइरेक्टर थिइन् । जब सुनिलको कपिलसँग झगडा भयो प्रीति पनि कपिलसँग अलग भइन् । कपिल र प्रीतिको अफेयरबारे मिडियामा आइनै रहन्थ्यो । तर, कपिल आफैंले सामाजिक सञ्जालमा प्रीतीलाई ‘गिन्नीको श्रीमती’ भनेर टिप्पणी गरेपछि उनीहरुको सम्बन्ध चिसिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




