बाजुरा, ३१ असार । बाजुरामा दलितलाई पानी खुवाउँदा एक दम्पती विगत ६ वर्षदेखि गाउँबाहिर बस्नु परेको छ ।

बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार गाउँनिकालाको उत्पीडन सहन बाध्य छ । साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै गाउँलेले व्यवहार गर्न थालेपछि उनले गाउँ छाडेको आजको राजधानी दैनिकको समाचारमा उल्लेख छ ।

६० वर्षीय जयलालले भनेका छन्, ‘गाउँमा बस्न नपाए केही छैन, छोराहरुसँग पनि बस्न नपाउँदा मन पोल्छ । मान्छेलाई पानी खु्वाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार